back
NMB ad

‘भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

Kumari bank ad

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितहरुको कथा सुनेर भावुक बनेका छन् ।

२०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’– उनले भने ।

नेपालको एकसाता भ्रमणका लागि गत सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिबारले शनिबार ‘भाग्यले बाँचेकाहरु’का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए । काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुबै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौँको काभ्रेस्थलमा डेरा गरी बसेको घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।

‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउन्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउन्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई शनिबार काठमाडौँमा सम्मान गरिएको थियो । सांसद गेथिन्सकै पहलमा गतबर्ष भूकम्पको दोस्रो बार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसदमा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय थिथो । नेपालको भूकम्प पीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ ।’, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’

२०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो ।

२०७५ असोज ७ गते प्रकाशित

वि.सं.२०७५ असोज ७ आइतवार १२:०२ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...