back
NMB ad

महिलाको नाममा जग्गा पास गर्ने बढे

Kumari bank ad

काठमाडौं । पछिल्लो समय पुरुषले सबै प्रक्रिया मिलाई दिने अनि अन्त्यमा जग्गा पास भने महिलाको नाममा गर्ने चलन निकै बढेको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा शहरी क्षेत्रमा २५ प्रतिशत तथा ग्रामीण क्षेत्रमा ३० प्रतिशत छूट दिने व्यवस्था लागु गरेपछि महिलाको नाममा जग्गा किन्नेको संख्या बढेको हो ।

भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्यांकमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या ह््वात्तै बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षदेखि महिलाको नाममा पास भएको जग्गा तुरुन्तै खरीदविक्री गरे पनि छूट रकम फिर्ता गर्नु नपर्ने नियम सरकारले लागू गरेको थियो । त्यसैको फाइदा लिनलाई महिलाको नाममा जग्गा पास गर्ने गरिएको हो । यसअघि २५ प्रतिशत छूट पाएर महिलाको नाममा पास भएको जग्गालाई ३ वर्षभित्र बेचेमा छूट रकम फिर्ता गर्नु पर्दथ्यौं ।

सरकारको पछिल्लो घोषणा गरेसँगै महिलाको नाममा जग्गाको कारोबार पहिलेभन्दा बढेको भूमिसूधार तथा व्यवस्थापन विभागका एक कर्मचारीले जानकारी दिए । जग्गा कारोबारीले नयाँ व्यवस्थाको फाइदा उठाएकोले संख्या बढेको सम्बन्धित व्यवसायीको भनाइ छ । सरकारले महिलाको भू–स्वामित्व बढाउन छूट दिने नीति बनाएपछि अघिल्लो वर्षको तुलनामा गत वर्ष बढेको हो । खासगरी जग्गा खरिद गर्ने र अनि नाफा लिएर बिक्री गरिहाल्नेले महिलाको नाममा जग्गा खरिद गर्ने गरेका छन् । तर, वास्तविक रुपमा जग्गा आफ्नो नाममा खरिद गर्नकै लागि भने महिलाको नामबाट खरिद गर्नेको संख्या भने ज्यादै न्यून रहेको छ ।

विशेषगरी बढी मूल्यका जग्गा महिलाको नाममा पास गर्ने अनि बिक्री गर्दा राजश्व पनि कम तिर्न यसो गरिएको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छूट दिँदै आएको छ । ७० वर्षमाथि उमेरका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छूट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा राजिष्ट्रेशन पास गर्दा शहरी क्षेत्रमा २५ र ग्रामीण क्षेत्रमा ३० प्रतिशतसम्म छूट दिने व्यवस्था छ ।

२०७५ असोज ८ गते प्रकाशित

वि.सं.२०७५ असोज ८ सोमवार ०८:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...