back
NMB ad

‘साझा सहमतिका आधारमा योजना कार्यान्वयन’ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिका आधारमा गुरुयोजना तर्जुमा गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित प्रदेशको आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमासम्बन्धी कार्याशाला गोष्ठीको उद्घाटन गर्दै विगतमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुप कार्यान्वयन गर्नेतर्फ नीति तथा योजना आयोगको ध्यान जानुपर्ने बताउनुभयो । आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनोट गरी जनताको घरदैलोमा पु¥याउन दक्ष जनशक्ति उपलब्ध गराउँदै लैजान उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्न तथा आवश्यक नीति योजना र अनुगमनलाई प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । सोमबारसम्म चल्ने सो कार्याशाला गोष्ठीमा प्रदेश नं ३ का मन्त्री, विभिन्न मन्त्रालयका सचिव, नीति तथा योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवानपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको प्रदेश नीति आयोगका सदस्य श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।

२०७५ असोज १४ गते प्रकाशित

वि.सं.२०७५ असोज १४ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...