back
NMB ad

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्नुभएको छ । ‘त्यस्तो समाज अघि बढ्न पनि सक्दैन्,’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्वर्धनका लागि सरकारको प्रतिवध्दता दोहो¥याउन चाहन्छु ।’
संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ असोज १५ गते सोमबार जेष्ठ नागरिक दिवस मनाइदैछ । यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिक स्तरमा भएको प्रगति, खाद्यान्नको पर्ययाप्तता लगायतका कारण व्यक्तिको औषत आयु बढीरहेको छ । ‘यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकहरुको जनसंख्यामा वृध्दिहुँदै जानेछ । तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवन शैली र रोजगारीका लागि युवाहरुको विदेशिने क्रमका कारण घर—घरमा ज्येष्ठ नागरिकहरु एक्लिएका छन्,’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘कतिपय अवस्थामा ज्येष्ठ नागरिकहरुले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक बर्षदेखि ज्येष्ठ नागरिक विमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दावी गर्ने तर बृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिवध्द बताउनुभएको छ । ‘त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानुनी व्यवस्था गरिने भएको छ । यस सम्बन्धी कानुनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रकृया अघि बढिसकेको छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै बृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवध्र्दन गरेर मात्र सम्भव छ ।’

प्रधानमन्त्रीले बृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ता बीचको अन्तरक्रिया बढ्ने उल्लेख गर्नुभएको छ । ‘अग्रजका अनुभवबाट छोरा—नाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भूल्नु हुँदैन,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार १२:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...