back
NMB ad

खानेपानी ट्याङ्की शिलान्यास

Kumari bank ad

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ बिरुवाका ४५० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसाथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।

सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको आज विरुवामा सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले शिलान्यास गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतले सरकारलाई बदनाम गराउने तत्व सक्रिय भएको आरोप लगाउँदै विभिन्न बाहनामा भ्रम फैलाउने योजनाबद्ध रुपमा अभियान नै चलाइएको छ भन्नुभयो । यस्ता तत्वलाई चिरेर सरकार अगाडि बढ्ने बताउँदै बस्नेतले भन्नुभयो, “अहिले देशमा दुई तिहाइको सरकार छ, यसलाई अहिले सदुपयोग गर्न नसके देश अझै पछाडि धकेलिन्छ, अहिलेको अवसरलाई गुमाउनु हुँदैन ।”

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारले एकैसाथ विकास गर्ने भएकाले अब विकास रोकिने सम्भावना छैन भन्नुभयो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द चौलागाईले दुई लाख ५० हजार लिटर पानी अट्ने क्षमताको उक्त ट्याङ्की प्रदेश सरकारको रु तीन करोड बजेटमा निर्माण हुन लागेको बताउनुभयो । डिप बोरिङ सम्पन्न भएर पानी आइसकेकाले जतिसक्दो छिटो ट्याङ्की निर्माण गरेर शुद्ध पानी वितरण शुरु गरिने उहाँले बताउनुभयो ।

२०७५ असोज १८ गते प्रकाशित

वि.सं.२०७५ असोज १८ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...