back
NMB ad

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

Kumari bank ad

नुवाकाट । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गर्नुभयो ।

फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख शाक्यले बताउनुभयो । कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवं विकल्पमा पहिचान गरिएको स्थान बञ्चरेडाँडामा लैजानका लागि तयारी थाल्न आग्रह गर्नुभयो ।

विसं २०६२ जेठ २२ गतेदेखि काठमाडाँै उपत्यकाको फोहर विसर्जन गर्न थालिएको यहाँको ककनी गाउँपालिकाका–१ र २ मा पर्ने ओखरपौवाको सिसडोलमा हाल दैनिक करीब एक हजार मेट्रिकटन फोहर फालिदै आएको छ । सिसडोल भरिन अब दुई महीना मात्र बाँकी भए पनि विकल्पको स्थानमा पूवार्धार तयार गर्न ढिलाइ भइरहेको छ । सिसडोलदेखि करीब दुई किलोमिटर दूरीमा पर्ने ओखरपौवाको बञ्चरेडाँडामा २५ वर्षसम्म फोहर फाल्न सकिने विकल्प देखिए पनि पूर्वाधार निर्माण अन्योल छ । रासस

२०७५ असोज २२ गते प्रकाशित

वि.सं.२०७५ असोज २२ सोमवार १२:११ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...