back
NMB ad

दसैंका लागि खसी च्याङ्ग्राकोे विक्री आजबाट, किलोमा १० रुपैयाँ सस्तो

Kumari bank ad

काठमाडौं । खाद्य संस्थानले आजबाट दसैंका लागि खसिबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ । संस्थानले गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकेको छ ।

संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेछन् भने च्याङ्ग्रा प्रतिकिलो ७०० पर्ने भएको छ । संस्थानका अनुसार, निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ । किलोमा १० रुपैयाँ छुट दिएर बेच्दा खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङग्रा सात सय रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले पाउँछन् ।
संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो । यस अनुसार खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्राको २५ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

संस्थानले आफ्नो कार्यालय परिसर थापाथलीबाट दसैंका लागि काठमाडौमा १ हजार गोटा खसी र १ हजार गोटा च्याङ्ग्रा बिक्री गर्ने तय गरेको छ । बिक्रीका लागि हाल ५सय गोटा च्याङ्ग्रा र २ सयवटा खसी काठमाडौं ल्याइसकेको छ । थप आउनेक्रममा रहेको संस्थानले जनाएको छ । संस्थानले च्याङ्ग्रा मुस्ताङबाट ल्याउने गरेको छ । खसीबोका हेटौंडाबाट मात्र ल्याएको छ ।

२०७५ असोज २६ गते प्रकाशित

वि.सं.२०७५ असोज २६ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...