back
NMB ad

परिसंघका अध्यक्ष सहितको प्रतिनिधि मण्डल कतार प्रस्थान

Kumari bank ad

काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि प्रारम्भ हुने मित्रराष्ट्र कतारको चारदिने औपचारिक भ्रमण दलको साथमा परिसंघका तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहित चार जना प्रतिनिधि मण्डल समेत आज दोहा प्रस्थान गरेको छ । अध्यक्ष शर्माको अलवा परिसंघका राष्ट्रिय परिषद सदस्य तथा पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डे, राष्ट्रिय परिषद सदस्य तथा परिसंघ प्रविधि समितिका संयोजक दिलीप अग्रवाल र राष्ट्रिय परिषद सदस्य तथा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी समेत उक्त भ्रमण दलमा समावेश छन् ।

भ्रमण कार्यक्रम अनुसार राष्ट्रपतिको समुपस्थितिमा कार्तिक १३ गते कतारका उद्योगी–व्यवसायी एवम् नेपालका निजी क्षेत्रका प्रतिनिधि मण्डलका बीच नेपालमा लगानी तथा व्यवसायको अवसर विषयको अन्तरक्रिया कार्यक्रमा परिसंघका अध्यक्ष शर्माले नेपालको बदलिदो परिवेशका सन्दर्भमा व्यवसाय र लगानीको सम्भावना बारेमा नेपालको निजी क्षेत्रको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
स्मरण रहोस करिव ४० लाख वर्क परमिट भिसामा नेपाल बाहिर जाने नेपाली श्रमिक मध्ये एक चौथाइ अर्थात १० लाख ९२ हजार कतारमा रहेको तथ्यांक देखिन्छ । कतारसँग नेपालको व्यापारघाटा सन् २०१३ मा रु. ९७ करोड रहेकोमा २०१७ मा नेपालले करिव रु. ७८ लाखको निर्यात तथा करिव रु. ७७ करोडको आयात गरी करिव ७६ करोडको व्यापारघाटा व्यहोरी रहेको छ ।

नेपालबाट कतारमा निकासी हुने मुख्य वस्तुहरुमा ऊनी गलैँचा, चाउचाउ, नुडल्स, चिया प्रमुख छन् भने कतारबाट आयात हुने सामानमा पोलिमरको इथिलिन, विटुमिन एवम् पेट्रोलियमजन्य पदार्थ प्रमुख छन् । नेपालबाट निर्यात र संयुक्त लगानी सम्भाव्य भएमा उद्योगहरुमा स्प्रीड वाटर, खाद्य प्रशोधन सम्बन्धी उद्योग, जलस्रोत, बैँकिङ्ग, पर्यटन आदि प्रमुख छन ।

२०७५ कार्तिक १२ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १२ सोमवार ११:०३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...