back
NMB ad

भर्ने होईन ? नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार कित्ता सेयर लिलामीमा खुल्यो नि

Kumari bank ad

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले कात्तिक १५ गतेदेखि २ लाख ७८ हजार ११९.३४ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले लगानी गर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मान्नुपर्ने हुन्छ । यसमा आवेदन दिने अन्तिम म्याद कात्तिक २६ गतेसम्म छ ।

यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि साउन १ गतेदेखि भदौ १९ गतेसम्म ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ९६ लाख ५८ हजार ३५८.२० कित्ताका लागि मात्र आवेदन परेको थियो । २ लाख ७८ हजार ११९।३४ कित्ता हकप्रद बिक्री हुन सकेन । हकप्रद नबिकेको सेयर अहिले लिलामी प्रणालीबाट बिक्री गर्न लागिएको हो ।

हाल नेसनल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।

२०७५ कार्तिक १३ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:०५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...