back
NMB ad

अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीले सिंहदरबार घेर्ने

Kumari bank ad

काठमाण्डौ । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन् ।

नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए । कार्यक्रममा राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएको प्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए ।

“छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।” राउतले भने । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौता अनुसार व्यवस्थापन गर्नुपर्ने बताए ।

सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिएपनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे ।आवश्यकता पर्यो भनेर भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ?पोख्रेलले प्रश्न गरे । कार्यक्रममा नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे ।

त्यसैगरी सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्र भित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए ।“अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौता अनुसार भर्ना गरिएको हो, सरकारले सोही अनुसार कार्यान्वयन गर्नुपर्छ ।” सुनुवारले भने । सबै खाले कर्मचारीको उचित कदर गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरि राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राययादवले कर्मचारी तन्त्रमा राजनीतिक प्रभाव भएकाले यस्तो समस्या आएको बताए । उनले ट्रेड युनियनहरु नै खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

२०७५ कार्तिक १३ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १५:४८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...