back
NMB ad

मेगा क्यापिटल मार्केट्सलाई धितोपत्र बोर्डको सैद्दान्तिक सहमति

Kumari bank ad

काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्दान्तिक सहमति दिएको छ ।मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड संचालनमा आउन लागेको हो । यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय संचालन गर्नेछ । संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताउनुभयो ।

२०७५ मंसिर ३ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ३ सोमवार १२:१२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...