back
NMB ad

बैंकले धमाधम लाभांश घोषणा गर्दै, ६ मध्ये एनएमबी बैंकले घोषणा गर्यो उच्च लाभांश

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । अहिलेसम्म ६ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

६ वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा एनएमबी बैंक परेको छ । उसले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । एमएमबी बैंकले २० प्रतिशत नगद र १० प्रतिशत बोनस लाभांश दिने प्रस्ताव गरेको छ ।
दोस्रो बढी लाभांश दिने वाणिज्य बैंकमा एभरेष्ट बैंक परेको छ । विदेशी साझेदार उक्त बैंकले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यसैगरी, तेस्रो बढी लाभांश दिने बैंकमा स्टयाण्डर्ड चार्टर्ड बैंक परेको छ । उसले १७.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसैगरी सानिमा बैकले १४ प्रतिशत नगद लाभाशं पारित गर्नका लागि साधारण सभाको सूचना सार्वजनिक गरेको छ । एनआइसी एशिया बैंकले १० प्रतिशत बोनस र माछापुच्छे बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

६ वटा बैंकमध्ये चार वटाले नगद लाभांश मात्रै दिने प्रस्ताव गरेका छन् । एउटा एमएमबी बैंकले नगद र बोनस, अर्को एनआइसी एशियाले बोनस सेयर मात्रै दिँदै छन् । लगानीकर्ताको चाहना बोनस सेयर पाउने हुन्छ । तर, त्यसको विपरित धेरै बैंकले नगद मात्र लाभांश दिन थालेका छन् । चुक्ता पुँजी राष्ट बैंकले तोकेको आठ अर्ब पुगिसकेकाले पनि बैंकहरुले नगद मात्र दिन थालेको बिज्ञहरुको भनाइ छ ।

विदेशी साझेदार बैंकहरुले नगद मात्रै लैजान चाहान्छन भने स्वदेशी लगानीमा स्थापित बैंकहरुले वोनस सेयरका साथै नगद लाभांश दिँदै आएका थिए । पछिल्लो समय चुक्ता पुँजी पुगिसकेकाले उनीहरुले पनि नगद लाभांश दिन थालेका छन् ।

२०७५ मंसिर ७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...