back
NMB ad

राज्य सबै नागरिकको अभिभावक : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताउनुभएको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको आज प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “ राज्य नियन्त्रणकारी संस्था मात्रै हैन ,नागरिकको अभिभावक पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राज्यले भर÷अभरमा सुरक्षा दिने र श्रम गरे वापत उचित पारिश्रमिक दिने गर्दछ । आज त्यही कामको थालनी गरिएको हो ।”प्रधानमन्त्री ओलीले नागरिकका हितका लागि राज्यको भूमिका परिर्वतन हुनु आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

अढाइ दशक अघि मनमोहन अधिकारीको सरकारको पालामा ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम सुरुवात गरेर सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ प्रणालीको सुरुवात गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । आधुनिकतासँगै नेपालको सामाजिक र सहयोगी परम्पराहरु खण्डित हुन थालेपछि राज्यले केही नयाँ अभियान सञ्चालन गरेर जनता सँगको आत्मियता बढाउनु पर्ने महसुष भइरहेकोले यो कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्पे्ररित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिङ्गो समाज मिलेर सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतालाई हौसला दिने आफनो विगत देखि कै प्रयास भएको उल्लेख गर्नुभएको छ । “म ठान्दछु समाज निराशामा रहेको अवस्थामा हौसला दिनुपर्दछ । प्रणाली भत्केको बेलामा सपना देखाउनु पर्दछ र शासनको बागडोर हातमा पर्ना साथ ती सपना र आशहरुलाई मूर्तता दिने काम गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा हामीले त्यसै ग¥यौं । र,अहिले पनि त्यही गर्दैछौं । ”
प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण प्रयास जनताका लागि हुने प्रतिवद्धता जनाउनुभएको छ । “मेरो सम्पूर्ण प्रयास जनताका लागि,सम्पूर्ण उपलब्धि जनताको सम्पति । पछाडी परेको वर्ग,क्षेत्र र समुदायलाई विशेष प्रवन्ध गरी अगाडि ल्याऔं ।

गरिवीको वितरण होइन ,सबै मिलेर समृद्धि हासिल गरौं,सबैलाई सुख बाँडौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राज्य रक्षक हो,संरक्षक हो,सहयोगी हो । यही हो ,लोककल्याण्कारी राज्य,समाजवाद उन्मुख लोकतान्त्रिक राज्य ।”श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोष नेपालले आयोजना गरेको कार्यक्रमा सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,मन्त्री लगायतको उपस्थिती थियो ।

२०७५ मंसिर ११ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ११ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...