back
NMB ad

नेप्सेले आइतबारबाट लगानीकर्तालाई युजर नेम र पासवर्ड बाँड्दै, त्यसपछि अनलाइनबाटै सेयर कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार लगानीकर्तालाई युजर नेम र पासवर्ड बाँडने भएको छ । त्यसपछि सेयर कारोबार पूर्ण रुपमा अनलाइनबाटै हुने भएको छ ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले लगानीकर्तालाई युजर नेम र पासवर्ड आइतबारदेखि वितरण गर्ने बताएका छन् । त्यसपछि अनलाइनबाटै पूर्ण त सेयर कारोबार हुने उनको भनाइ छ ।

लगानीकर्ताका चारवटै संगठन (नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघ)का प्रतिनिधिले एक साता अघि अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै धर्ना दिएका थिए । त्यसपछि नेप्सेले आफ्नो कामको गतिलाई बढाएको हो ।

लगानीकर्ताहरु नेप्सेले कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा देखिएको कमजोरी तथा बजार सुधारको माग गर्दै आएका छन् । उनीहरुले अनलाइन कारोबार पूर्ण रुपमा कार्यान्वयनमा नआएको भन्दै पुँजी बजारका १५ लाखभन्दा बढी लगानीकर्ता मर्कामा परेको बताएका छन् । यसले १४ खर्बभन्दा बढीको सम्पत्ति सुरक्षामा गम्भीर चुनौती थपेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् ।

सञ्चालनमा आएको करिव एक महिना हुँदा पनि अनलाइन कारोबार प्रणाली प्रभावकारी अझै हुन सकेको छैन । लगानीकर्ताले छिटोभन्दा छिटो पूर्ण स्वचालित अनलाइनमार्फत काम गर्न युजर नेम र पासवर्डको व्यवस्था गर्न माग गर्दै आएका छन् ।

२०७५ मंसिर १८ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १८ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...