back
NMB ad

यस्तो छ, एनएमबि बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि

Kumari bank ad

काठमाडौं । नेपाल सरकार द्धारा जारी गरेको “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत“एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ ।

“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिनेछ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा रु. १० लाख सम्म, शिक्षित युवा स्वरोजगार कर्जा रु. ७ लाख सम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा रु. १० लाख सम्म, दलित समुदाय व्यवसाय विकास कर्जा रु. १० लाख सम्म,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु. ५ लाख सम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा रु. ३ लाख सम्म, महिला उद्यमशीलता कर्जा रु. १५ लाख सम्म उपलब्ध गराउने जनाएको छ।

उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा नौलो “अग्रणी महिला कृषिकर्जा” पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत उत्पादन लागतमा आधारित रहि रु.१५ लाखसम्मको कर्जा महिला कृषकहरुले प्राप्त गर्न सक्नेछन ।

यसै गरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले “एनएमबि सहारा बचत खाता”अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम रु.१० लाखसम्मकोे विमा सुविधा उपलब्ध गराउने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउनेछ ।

उक्त प्रेस सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत  सुनिल केसीले भन्नु भयो,“एनएमबि बैंकले दिगो आर्थिक बृद्धि तथा मुल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोले, हरेक सेवा सुबिधा उक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास रहेको छ । यसले अन्य बैंक भन्दा एनएमबि बैंकलाई फरक रुपमा प्रस्तुत गरेको छ । उपरोक्त कर्जाहरुले हाम्रा ग्राहकहरुको दिर्घकालिन आर्थिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”। साथै, एनएमबि बैंकलाई फाइनान्सियल टाइम्स बेलायतबाट दोश्रो पटक समेत “बैंक अफ द इयर” को सम्मान प्राप्त भएको व्यहोरा समेत श्री सुनिल केसीले जानकारी गराउनु भयो ।

२०७५ पौष २ गते प्रकाशित विशेष

वि.सं.२०७५ पुस २ सोमवार १८:४० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...