back
NMB ad

विदेशमा जाने साढे छ लाख नेपालीले गरे बिमा

Kumari bank ad

काठमाडौं । विदेशमा जाने ६ लाख ४८ हजार नेपाली बिमा गरेका छन् । बिमा समितिका अनुसार बिदेशमा जानेले अनिवार्य बिमा गर्नु पर्ने प्रवधानका कारण बिमा गर्नेको संख्या बढेको हो ।

नेपालमा रहेका ४३ लाख ४३ हजारले नेपाली नागरिकले पनि बिमा गरेका छन् । नेपालमै रहेका कुल नेपाली मध्ये १४ प्रतिशतले मात्र बिमा गरेका छन् । बिदेशमा गएका समेत जोडने हो भने कुल नेपाली मध्ये १६ प्रतिशत नागरिकले बिमा गरेको बिमा समितिको तथ्यांकले देखाएको छ ।

बिमा समितिले गत असारसम्मको बिमालेख (पोलिसी) बिक्रीका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो । पछिल्लो समय बिमा गर्ने बढेका समितिको भनाइ छ । बिमा समितिका अनुसार दुई वर्षअघि बिमा गर्ने नागरिक सात प्रतिशतमात्र थिए । अहिले त्यो संख्या दुई गुणाले बढेको छ । दुई वर्षको बीचमा दुई गुणाले बिमा गर्ने बढेका छन् ।

कुल बिमा गर्नेमध्ये पाँच प्रतिशतले दोहोरो–तेहरो बिमालेख खरिद गर्ने गर्छन् भन्ने अन्तर्रा्ष्ट्रिय मान्यता छ । तिनीहरुलाई छाड्दा पनि विदेशमा गएका समेतलाई जोड्दा १६ प्रतिशत नागरिकले बिमा गरेको देखिएको बिमा समितिको भनाइ छ । विकसित मुलुकमा कुल जनसंंख्याको ९५ प्रतिशतभन्दा बढीले बिमा गर्ने गर्छन् ।

२०७५ पौष ९ गते प्रकाशित

वि.सं.२०७५ पुस ९ सोमवार १५:५७ मा प्रकाशित

You can share this post!

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...