back
NMB ad

ग्लोबल आइएमई बैंकको गैंडाकोटशाखा कार्यालयको औपचारिक समुद्घाटन

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पौष १६ गते सोमबार नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गंैडाकोट स्थित शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको माननीय प्रदेश सांसद श्री कृष्ण चन्द्र नेपालीज्यूले औपचारिक समुद्घाटन गर्नुभयो । उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गंैडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताउनुभयो । यसैगरी ग्लोबल आइएमइ बैंकका श्री अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताउनुभयो ।आफुहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताउनुभयो । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताउनुभयो र ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताउनुभयो ।

कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गंैडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो

२०७५ पौष १७ गते प्रकाशित

वि.सं.२०७५ पुस १७ मंगलवार १३:१० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...