back
NMB ad

‘द १०० हिरोज अफ मधेश’कार्यक्रमको घोषणाः नोमिनेशन सुरु

Kumari bank ad

काठमाडौं । मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थापाथली क्याम्पसमा मंगलबार एक समारोहको वीच‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रमको रुपरेखा सार्वजनिक गरिएको हो ।

मधेशी पत्रकार समाजद्वारा मधेशका लागि योगदान दिने एक सय जना व्यक्तित्वलाई सम्मान गरिने भएको छ । मधेश भित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशका लागि योगदान दिने सय जनाको पहिचान गरी सम्मान गरिने कार्यक्रम सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मोहन सिंह सहितका पदाधिकारीले‘द १०० हिरोज अफ मधेश’कार्यक्रमको रुपरेखा सार्वजनिक गरिएको हो ।

‘द १०० हिरोज अफ मधेश’कार्यक्रममा जनवरी भरी नोमीनेशन गर्ने, फरवरीमा भोटिङ्ग र मार्चमा छानिएर आएका हिरोलाई अवार्ड गर्ने कार्यक्रम रहेको अध्यक्ष सिंहले बताए । विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको व्यक्तित्वलाई खोजी र अनुसन्धानको काम सुरु गरिसकेका छौं’ अध्यक्ष सिंहले भने, ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङ् गराई तथा ५० जनाको खोजी गरि अवार्ड गर्नेछौं ।
अध्यक्ष सिंहका अनुसार बिभिन्न १० विधाका १०/१० जनालाई सम्मान तथा अवार्ड गर्ने लक्ष्य रहेको छ ।

आर्थिक, शैक्षिक, कृषि,सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट मधेशका लागि योगदान दिएकाहरुको छनौट गरी ‘मधेशको हिरो’ संज्ञा दिदैं सम्मान गरिने भएको छ । यस कार्यक्रमका सम्पूर्ण गतिविधी ‘द १०० हिरोज अफमधेश’को फेसबुक पेजबाट सार्वजनिक हुने अध्यक्ष सिंहले जानकारी दिए ।

२०७५ पौष १८ गते प्रकाशित

वि.सं.२०७५ पुस १८ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...