back
NMB ad

फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास

Kumari bank ad

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गर्नुभएको छ । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गर्नुभएको हो । मन्त्री मगरले बागमती नदीलाई पूरै सफा बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिंगै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ ।”

उहाँले थप जोड दिंदै भन्नुभयो, “पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं । यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी गरेका छौं । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।”

बागमतीमा सफा पानी बग्न र वातावरणलाई स्वस्थ बनाउने अभियान अघि बढिरहेको बताउँदै मन्त्री मगरले पहिलो चरणमा गरिएको यस प्रशोधनले कोड्कु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबिघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने स्पष्ट पार्नुभयो ।

उहाँले फोहोर पानीको प्रशोधनपछि बागमतीमा कञ्चन पानी बग्ने, उक्त पानी करेसाबारी, सिँचाइ, सडक सरसफाइ, लुगा धुने लगायतका काममा प्रयोग हुने बताउनुभयो । सम्बोधनमा उहाँले भन्नुभयो, “पहिलो चरणमा तीनवटा केन्द्रलाई लक्षित गरिए पनि पानी प्रशोधनको हाम्रो अभियानले सिङ्गो बागमतीको मुहार फेर्नेछ, त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र मन्त्रालयले दुरदृष्टिका साथ काम गरिरहेको छ । मेलम्ची खानेपानी आयोजना मार्फत् शुद्द पानीको आपूर्तिमा बृद्धि हुनेछ, फोहोर पानीको प्रशोधन हुनेछ, यसका लागि नदी किनारमा ढलका पाइपहरु बिच्छाउनुका साथै क्रमशः सबै ठाउँमा प्रशोधन केन्द्र निर्माण हुनेछन् । यी संरचना निर्माण भएपछि बागमती लगायत उपत्यकाका नदीहरुमा सफा पानी बग्नेछ ।”

नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यथासक्य सम्पन्न गर्न मन्त्रालय गम्भीर रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । उहाँले मेलम्ची बारे जोड दिंदै भन्नुभयो, “मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्ण रुपले क्रियाशील रहेको स्पष्ट गर्न चाहन्छु । कुनै पनि बहाना र गतिरोधले आफ्नो संकल्पलाई रोक्न सक्दैन, सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पबद्ध रहेको स्मरण गराउँदै पछिल्लो समय परिस्थितिले सकारात्मक दिशा लिएको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।”

२०७५ पुष २० गते प्रकाशित

वि.सं.२०७५ पुस २० शुक्रवार ०९:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...