back
NMB ad

साधारण सभाको चटारो, आजै एनएमबी, बंगालादेश बैंक र सोल्टी होटलको एजीएम

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले धमाधम वार्षिक साधारण सभा गर्न थालेका छन् । आज (बिहीबार) एनमबी बैंक, नेपाल बंगालादेश बैंक, सोल्टी होटल लगायत आधा दर्जन बैंक तथा वित्तीय संस्थाले एजीएम गर्दै छन् । एनएमबी बैंकले प्रस्ताव गरेको ३० प्रतिशत लाभांश आजको वार्षिक साधारणसभाले पारित गर्दै छ ।

उक्त बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । यसैगरी, सोल्टी होटलले पनि २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न आजै वार्षिक साधारणसभा बोलाएको छ । सोल्टी होटले पनि १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यसैगरी, नेपाल बंगालादेश बैंकले पनि आजै साधारणसभा गर्दै छ । उक्त बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दै छ । यी तीन संस्था आजको वार्षिक साधारण सभाबाट उक्त लाभांशको प्रस्ताव पारित गराउने र लगानीकर्ताको खातामा नगद तथा वोनस सेयर राखी दिने तयारीमा जुटेका छन् । अन्य सूचीकृत संस्थाले पनि पुस मसान्त भित्र वार्षिक साधारणसभा गर्ने तयारीमा छन् । यतिबेला नेप्सेमा सूचीकृत संस्था वार्षिक साधारण सभा गर्ने चटारोमा छन् ।

पुसमसान्त भित्र एजीएम नगरे जरिवाना तिर्नु भएकाले पनि असार साउनमा कृषकलाई बाली लगाउन चटारो भएजस्तै यतिबेला बैंक तथा वित्तीय संस्थालाई एजीएमको चटारो परेको हो ।

२०७५ पौष २६ गते प्रकाशित

वि.सं.२०७५ पुस २६ बिहीवार १०:४० मा प्रकाशित

You can share this post!

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन (फोटोफिचर)  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...