back
NMB ad

शुक्रबारदेखि हिमालयन हाइड्रो एक्स्पो

Kumari bank ad

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो यही माघ ४ देखि ६ गतेसम्म हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन् । यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो ।

नेपालमा दोस्रोपटक हुन लागेको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टल बुकिङ गरिसकेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा माघ ४ गते बिहान ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने भएका छन् । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, इक्विपमेन्ट सप्लायर्स, लगानीकर्ता, बैंक तथा बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ । जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुने एक्स्पोलाई राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।

विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एन्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र छन् ।
एक्स्पोमा सहभागि भएर जलविद्युत् आयोजना अवलोकन गर्न चाहनेलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । ती क्षेत्रका जलविद्युत् आयोजना अवलोकन गर्न चाहने व्यक्तिले ४० हजार रुपैयाँ बुझाउनु पर्नेछ । दुई घन्टामा दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न सकिने छ । यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टुरिजममा नेपाललाई विश्व बजारमा चिनाउन पनि महत्ववपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार १०:४२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...