back
NMB ad

६ महिनामै डेढ अर्ब नाफा गरेको एनआइसी एशियाले ल्यायो ४ अर्बको ऋण पत्र

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको एनआइसी एशिया बैंकले ४ अर्ब रुपैयाँका ऋण पत्र ल्याएको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त ऋण पत्र बैंकले ल्याएको हो ।
एनआईसी एशियाले चौथो पटक माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आज आह्वानपत्र प्रकाशित गरेको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ भने ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ ।
सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ । उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था गरिएको छ ।
७७ जिल्लाबाट आवेदन गर्न सकिने व्यवस्था मिलाईको छ ।
इच्छुक लगानीकर्ताले ऋणपत्रमा छिटोमा माघ १६ गतेसम्म र आवश्यक आवेदन नपरेमा फागुन १३ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

२०७५ माघ ३ गते प्रकाशित

वि.सं.२०७५ माघ ३ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...