back
NMB ad

एनआइसी एशिया बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि किन्न सकिने

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको एनआइसी एशिया बैंकको ४ अर्ब रुपैयाँको ऋण पत्र आज (आइतबार) देखि सर्वसाधारणले किन्न पाउने भएका छन् । वार्षिक १० प्रतिशत ब्याज दिने गरी उक्त ऋण पत्र बैंकले ल्याएको हो ।
बैंकले यसअघि नै एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई

बिक्री प्रबन्धक नियुक्त गरेको थियो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी गरेको छ भने ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्दै छ ।

सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ । उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था गरिएको छ ।
७७ जिल्लाबाट आवेदन गर्न सकिने व्यवस्था मिलाईको छ ।

इच्छुक लगानीकर्ताले ऋणपत्रमा छिटोमा माघ १६ गतेसम्म र आवश्यक आवेदन नपरेमा फागुन १३ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

२०७५ माघ १३ गते प्रकाशित

वि.सं.२०७५ माघ १३ आइतवार १०:०५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...