back
NMB ad

मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाडूको पहल

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाडू लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्शदाताहरुको एउटा टोली चाइना पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायालयमा भोली शुक्रबार हुने भएको छ ।
बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनीँया ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई अमेरिकी डलर ६६ लाख २० हजार तथा युरो १४ लाख बराबरको ग्यारेन्टी जारी गरेको थियो ।

तर मेलम्ची र चिनीयाँ ठेकेदार कम्पनी बीच करार सम्झौता भंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीन स्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडूलाई दिन नपर्ने आदेश जारी गरेको थियो ।
अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बिओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीन दायित्व हो जस अनुसार नेपालले उक्त ग्यारेन्टीको रकम काउन्टर ग्यारेन्टी सम्बन्धी आईसिसीरयुआरडिजीको नियम र अभ्यास अन्र्तगत फिर्ता पाउने अधिकार राख्दछ ।

चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी स्थगन गरिदा यसबाट नेपालको सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बंैक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकम फिर्ता गर्ने प्रकृयाको सहजीकरण हुने बैंकद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

२०७५ फागुन २ गते प्रकाशित

वि.सं.२०७५ फागुन २ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...