back
NMB ad

काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थल : प्रम ओली

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तिर्थस्थल भएको बताउनुभएको छ ।
काजी कालुपाण्डेको समाधिस्थलमा दहचोकमा आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले यहाँ आज पाण्डेको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ । हरेक बर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गर्नुभएको छ । चन्द्रागीरी नगरपालिका १ का रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गर्नुभएको थियो । टावरको दुई तल निर्माण भइसकेको छ । यसैगरी प्रधानमन्त्री ओली गतबर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गर्नु भएकोमा यस बर्ष काम धमाधम भइरहेको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल एकिकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकिकरणका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
“हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रको पहिचानको निम्ती,राष्ट्रको रक्षाका निम्ती त्यो एकिकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।”

२०७५ फागुन १० गते प्रकाशित

वि.सं.२०७५ फागुन १० शुक्रवार १०:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...