back
NMB ad

सहिदको सपना पुरा गर्न पार्टी एकता : प्रम ओली

Kumari bank ad

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पुरा गर्न पार्टी एकता गरिएको बताउनुभएको छ । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । “म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताउनुभयो । “झापा आन्दोलनका सहिद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले सुखानीबाट भन्नुभयो “म यही सहिद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पुरा गर्नका लागि भएको हो ।”

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने,चन्दा उठाउने धन्दा गर्ने समुहलाई कम्यूनिष्ट भन्न नसकिने बताउनुभयो । “जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “म यो सहिद भूमीबाट फेरी एक पटक आह्वान गर्छु ,कोही वास्तविक कम्यूनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस ।”

प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको बताउनुभएको छ । “केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास,निर्माण , सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो ।”
प्रधानमन्त्री ओलीले सुखानी सहिदको सालिकमा माल्यापर्ण गर्नुभएको छ ।

२०७५ फागुन २२ गते प्रकाशित

वि.सं.२०७५ फागुन २२ बुधवार ०८:५९ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...