back
NMB ad

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई कतार च्यारिटीको आर्थिक सहयोग

Kumari bank ad

काठमाडौं । कतार च्यारिटीले वरिष्ट आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ । उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टटयाक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे । नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरे। च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ ।

लामोसमयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे । यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए । बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

डेढ बर्षदेखि नेपालमा काम थालेको कतार च्यारिटी अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक हो । च्यारिटीले तराईका बिभिन्न जिल्ला तथा काठमाडौंमा समेत बिभिन्न बिपन्न तथा पिडित परिवारहरुलाई सहयोग गर्दै आएको छ । संचालनमा आएको छोटो समयमै अहिलेसम्म च्यारिटिले १५ करोड रुपैयाँ बराबरको बिभिन्न काम गरेको छ ।

कतार च्यारिटीले विश्वका ३० मुलुकमा आफ्नो कार्यालय स्थापना गरि ५६ भन्दा बढी देशहरुमा विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । डेढ बर्षअघि मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो ।

२०७५ चैत १८ गते प्रकाशित

वि.सं.२०७५ चैत १८ सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...