back
NMB ad

हिमालय उर्जाको सेयर पहिलो दिनमै झण्डै आधा बिक्री

Kumari bank ad

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४ हजार ५ सय ५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २ सय ५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २ सय कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा पहिलो दिनको साँझ ५ बजेसम्ममा ७ हजार ९ सय ९ जना आवेदकहरुले ६ लाख ३४ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन गरेका छन ।

सेयर निष्काशन भएको पहिलो दिनमै लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले दोस्रो दिनमै सम्पूर्ण सेयर बिक्री हुने सम्भावना रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति २ गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेगावाट लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ असार मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

२०७५ चैत २१ गते प्रकाशित

वि.सं.२०७५ चैत २१ बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...