back
NMB ad

हिमालय उर्जाको सेयरमा करिब ४ गुणा बढी आवेदन

Kumari bank ad

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ प्रतिशत अर्थात ४४ हजार ५ सग ५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५ प्रतिशत अर्थात ७४ हजार २ सय ५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा अन्तिम दिनसम्ममा करिब ७२ हजार जना आवेदकहरुले ५१ लाख ३७ हजार ५सय ५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको सेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारणले लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएर माग भएभन्दा ४ गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । उनले भने कतिपय जलविद्युत् आयोजनाहरुको शेयर विक्री नभएको अवस्थमा ४ गुणाबढी आवेदनदिनुहुने  हिजा जस्तो जुनसुकै कम्पनीमा लगानी गर्ने भन्दा पनी कम्पनी छनौट गरेर प्राथमीक शेयर लगानी गर्ने प्रवृतीको विकास भएको देखिन्छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति २ गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेगावाट लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ असार मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

२०७५ चैत २६ गते प्रकाशित

वि.सं.२०७५ चैत २६ मंगलवार ११:१५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...