back
NMB ad

महिलालाई आर्थिक सशक्तिकरणका लागि चेम्बर अफ कमर्शले सहजीकरण गर्ने

Kumari bank ad

काठमाडौं । चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले महिलालाई आर्थिक शसक्तिकरणका लागि चेम्बर अफ कमर्शले सहजीकरणको कार्य गर्ने दाबी गर्नुभएको छ । नेपाल महिला चेम्बरले काठमाडौंमा आयोजना गरेको नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले महिलाद्वाारा उत्पादित सामानको व्यापारको लागि भारत र चीनले सहयोग गर्ने भएकाले अन्तराष्ट्रिय क्षेत्रमा नेपाली महिलाद्धारा उत्पादित सामाग्रीको स्थान हुने जानकारी दिनुभयो । नेपालको जुनसुकै स्थानमा महिलाद्धारा उत्पादित सामाग्रीको बजार प्रबद्र्धनमा नेपाल महिला चेम्बरले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल महिला चेम्बरले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै क्यालेण्डर समेत विमोचन गरेर वितरण कार्य शुरु गरिएको छ । कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीको पक्षपोषकका रुपमा नेपाल महिला चेम्बर अफ कमर्शले कार्य गदै आएको छ । यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा क्यान्सर र मुटु रोगजाँचको स्वास्थ्य शिविर समेत गरिएको थियो । जसमा चेम्बर अफ कमर्शका पदाधिकारी, कर्मचारी र सर्वसाधारणका लागि खुला गरिएको थियो । यसैगरी कार्यक्रममा नेपाल उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अञ्जना ताम्राकारलाई महिला उद्योगशिलताको विकासका लागि योगदान गरेको माफत सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो कार्यक्रमको संयोजक राज्यलक्ष्मी सिंहले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नुभएको थियो ।

२०७६ बैशाख १ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...