back
NMB ad

जेष्ठ, अपाङग, गरिब तथा बेसाहारा नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगर र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापन (प्रि हस्पिटल केयर) का लागि सहकार्य भएको छ । आइतबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो । उद्योगी, व्यवसायी, गैरसरकारी संस्था लगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्ने भएको छ । सम्झौता बमोजिम महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने भएको छ । साथै ७० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने भएको छ । विपन्न गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा प्रदान गरिनेछ ।

नेपाल एम्बुलेन्स सेवाको हाल १० वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरि प्राप्त गर्न सकिन्छ । नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले भन्नुभयो, “विगत ९ वर्षमा आजसम्म ३६ हजार ५ सय जना व्यक्तिहरुलाई हामीले सेवा पु¥याई सकेका छौं र ४७ शिशुको जन्म पनि एम्बुलेन्स भित्र भएको छ । यो सहकार्यले हामीलाई नेपालभरि आफ्नो सेवा विस्तार गर्न र अझ स्तरीय सेवा जनतासम्म पु¥याउन थप हौसला मिलेको छ ।”

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, “यो सम्झौता महानगरबासीका लागि ऐतिहासिक दिन हो । यो हरेक नागरिकको जीवनसँग जोडिएकाले यस सेवालाई स्तरीय बनाउनुपर्छ । सम्झौतामा हामीले ७० वर्ष नाघेका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिले निशुल्क सेवा प्रदान गर्नेछौँ र विपन्न गरिब तथा बेसाहाराले पनि वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा लिन सक्नेछन् ।”

२०७६ बैशाख १८ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १८ बुधवार ११:४१ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...