back
NMB ad

प्रधानमन्त्रीले भने : ‘मेरो सरकार’ जानीबुझीकन राखिएको हो

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताउनुभएको छ । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।

“आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,” वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्र्रश्न
हरुको प्रतिनिधिसभामा आज जवाफ दिंदै प्रधानमन्त्रीले भन्नुभयो, “अग्रगामी सोचसहित ल्याइएको हो ।” प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गर्नुभयो । “कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,” उहाँले भन्नुभयो, “सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।”

प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । बहुमत आफँैमा स्थिरता र स्थायित्व नहुने बताउँदै उहाँले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । “आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भन्नुभयो एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,” उहाँको भनाइ छ, “असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?”

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझीकन राखेको स्पष्ट पार्नुभयो । “राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन । यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,” उहाँले भन्नुभयो, “कांग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो । कांग्रेसले साह्रै आलोकाचोपन देखाउनुहँुदैन । प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भन्नुभयो, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्ने हैन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको स्मरण गराउनुभयो । प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्ने अप्ठेरो भएको उल्लेख गर्दै भन्नुभयो, “अब हेर्नुस् न प्रतिपक्षलाई पनि कति फाइदा हुने बजेट आउँछ ।”प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबझाउन आग्रह गर्नुभयो । “सुशील कोइराला प्रधानमन्त्री भएकाबेला यति संशोधन भए पुग्छ भनिएको थियो,” संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै भन्नुभयो, “हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन ।

प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भन्नुभयो, ‘त्यसको विरोध ग¥यौं अब यस्ता अभ्यासहरु हुँदैनन् ।”गत वर्षबाट नीति कार्यक्रम सर्वसम्मत पारित गर्ने परम्परा बसेको बताउँदै यस झन् परिमार्जित आएकोले सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीले अपिल गर्नुभयो ।

२०७६ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २४ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...