काठमाडौं । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गत माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ ।
सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नु भयो ।
२०७६ बैशाख २६ गते प्रकाशित
वि.सं.२०७६ वैशाख २६ बिहीवार ११:३९ मा प्रकाशित