back
NMB ad

१३ सय अंक माथि उक्लियो सेयर बजार

Kumari bank ad

काठमाडौं । पुँजी बजारमा सकारात्मक माहोल आउने क्रम जारी छ । बढ्दो क्रममा रहेको नेप्से सूचकलाई कारोबार रकमले साथ दिइरहेको छ । बजारमा नयाँ लगानीकर्ता थपिने क्रम जारी छ भने पुरानाले पनि खरिदबिक्री क्रम तीब्र पारेका अग्रपंक्तिमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ । सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासमा नाफा कमाएको रिपोर्ट सार्वजनिक हुँदा लगानीकर्ता थप उत्साहित भएको अनुमान छ ।

कम्पनीहरुले क्रमशः नाफा बढाउँदै लगेका छन् । सेयर बजारमा सिजन पनि सुरु भएको छ । यतिबेला सेयर किन्नेले असोज–कात्तिकबाट लाभांश पाउन थाल्छन् । कम्पनीको भाउ बढ्दा पुँजीगत लाभ हुने सम्भावना पनि रहन्छ । सामान्यतयः चैत–वैशाख सुरु भएसँगै सेयर बजारमा सिजन सुरु भएको मानिन्छ । त्यसपछि क्रमशः कम्पनीहरुले साउनमा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्छन् ।

अनि असोज लागेपछि लाभांश घोषणा र साधारण सभा गर्ने चटारो सुरु हुन थाल्छ । यसले पनि लगानीकर्तालाई थप आकर्षित बनाउँदै जाने विश्वास गर्न सकिन्छ । सेयर बजार तलमाथि गर्दै अघि बढ्ने गर्छ । निरन्तर बढ्ने वा घट्ने मात्र गर्दैन् । लगानीकर्ताले बजारको सामान्य नियम र प्रवृत्ति बुझ्न जरुरी हुन्छ । सेयर बजार सुधारको चरणमा छ । बजार प्रविधिमैत्री हुँदैछ ।

सरकारले नीतिगत र कानुनी सुधारका काम अघि बढाइरहेको छ । यसले दीर्घकालमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्न सकिन्छ । सेयर धितो कर्जाको सीमा वृद्धि, मार्जिन कलमा सहुलियत तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ४० प्रतिशत सम्म सेयर बजारमा लगानी गर्न पाउने छुट लगायतले दीर्घकालमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास गर्न सकिन्छ । ब्याजदर घट्ने हो भने बजारको बढ्ने गति छिटो हुने सम्भावना रहन्छ ।

नेप्से सूचक सोमबार फेरि १३ सय अंकमाथि उक्लिएको छ । केही दिनयता नेप्से यो मनोवैज्ञानिक रेखाभन्दा तल बसेको थियो । सोमबार सूचक ६.३० अंकले बढेर १३०१.३४ विन्दुमा आइपुगेको हो । १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २३ लाख ९२ हजार ४०३ कित्ता सेयर खरिदबिक्री भएको हो ।

कुल १२ वटा समूहको सेयर कारोबार भएकामा ७ समूहका सूचक माथि लागेका छन् भने ५ वटा समूह तल झरेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ५९.८१ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ०.८२ अंकले हरियो देखिएको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता लिएको छ । शिवमको ११ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक र प्रिमियर इन्सुरेन्स परेका छन् ।

सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्ट्सका लगानीकर्ता परेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत का दरले कमाएका हुन् । दोस्रो र तेस्रो धेरै कमाउनेमा जलविद्युत लगानी तथा विकास कम्पनी र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने हिमालयन डिस्टिलरीका लगानीकर्ता रहेका छन् । उनीहरुले ६.०७ प्रतिशतका दरले गुमाएका हुन् । नेपाली पैसा 

२०७६ बैशाख ३१ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...