back
NMB ad

खाना मिठो पकाउनेलाई पुरस्कृत गरिने

Kumari bank ad

काठमाडौं । नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित “ नेपाल पर्यटन वर्ष २०२० ” मनाउने घोषणा गरेको परिप्रेक्ष्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्न गइरहेको छ ।
औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ । यो प्रतियोगिताको मूल उद्देश्य पाककला (कुकरी) को अभ्यास गरिरहेका सेफहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु रहेको छ । यो प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ, यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुन महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गरिएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गरिने छ । साथै, भविष्यमा पूर्व सिकाईको मान्यता विधिद्वारा सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र प्राप्त गर्ने बाटो खुल्नेछ । अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने छ ।
यससम्बन्धी जानकारी दिन जेठ १ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजनाका राष्ट्रिय टिम लिडर श्री देवीप्रसाद दाहाल, प्र्रा्विधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक श्री विनोद बडाल, परियोजना राष्ट्रिय सल्लाहकार डा. प्रमोदबहादुर श्रेष्ठ, नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष वरिष्ठ सेफ श्री गोविन्दनरसिंह केसी र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले प्रतियोगिताका विभिन्न पक्षबारे जानकारी दिनु भएको थियो ।

२०७६ जेठ २ गते प्रकाशित

वि.सं.२०७६ जेठ २ बिहीवार ११:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...