back
NMB ad

बेलायतको बित्तीय अवस्था पुस्तकमा

Kumari bank ad

काठमाडौं । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतार चढावको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीहोस वा पछिल्लो समयको बे्रक्जिट गतिरोध नै किननहोस बेलायती अर्थतन्त्रले विभिन्न चुनौतिको सामना गर्दै आइरहेको छ । १९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केहि शिथिल भयो । तर सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको नीजिकरण नीतिसँगै पुन जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामाग्री उत्पादन, कृषी, प्राकृतिक श्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

बाबजुद बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थीर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले पनि सिक्न सक्छ । यहि सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनकाजानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीयअबलोकन’ शुक्रबार सार्वजनिक गरिएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिकक्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध बिषय समाबेश छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पुर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पुस्तकको बिमोचन गरे । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए । ‘पुस्तक धेरै नै उपयोगी र सूचनामूलक छ,’ उनले भने, ‘देश बाहिर बसेर पनि मातृभूमीलाई यत्तिको योगदान दिन सक्नु ठूलो कुरा हो ।’
राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथी टिप्पणी गरेका थिए ।

बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमाधैरै कुरा सिक्न सक्ने देखिन्छ । विश्वको एक शक्तिशालीवित्तीय केन्द्रबारेको वास्तविकपरिवेश बुझ्नपुस्तकले सहयोग पु¥याउँछ । बेलायतको वित्तीय क्षेत्रले संसारभरी प्रभावपार्ने गरेकोले राजधानीलन्डन आर्थिक केन्द्र रहिआएको छ । बेलायतमामात्रै दिनमाऔसत करिब २ दशमलब ७३ ट्रिलियन 
(२०७३ अर्ब) डलर बराबरको विदेशीविनिमयको कारोबार हुने गर्छ, जुनकुलविश्व कारोबारको ४० दशमलब ९ प्रतिशतहो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्र वृत्तिपाएर बिसं २०५० मा बेलायत पुगेका लेखक शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् । यसअघि आचार्यका लन्डनमा मुटु दुख्दा, कोरोनरी मुटुरोग, बेलायती आँगनमा गोर्खाली सुवास र मोह गरि चार कृति प्रकाशित भइसकेका छन् । ब्यबस्थापन बिषयबारे लामो अनुभव संगाल्नु भएका लेखक ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य समेत हुन् ।

२०७६ असार १ गते प्रकाशित 

वि.सं.२०७६ असार १ आइतवार १३:१० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...