काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ४ कम्पनीको ५९ लाख ५० हजार ७४०.०५ कित्ता सेयर सूचीकृत भएको छ । जेबिल्स फाइनान्सले ४.८१ प्रतिशत बोनस सेयर र गत चैतमा बिक्री गरेको लिलामी सेयर नेप्सेमा सूचीकृत गराएको छ । यस्तै, मिथिला लघुवित्तले माघ १७ देखि फागुन २९ गतेसम्म बिक्री गरेको ५० प्रतिशत हकप्रद पनि अहिले सूचीकृत गराएको हो ।
मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले फागुन २९ देखि चैत २४ गतेसम्म १ बराबर १को अनुपातमा हकप्रद जारी गरेको थियो । लाइफ इन्सुरेन्स कर्पोरेसनले भने चैत ४ गतेको एजीएमबाट पारित १२ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
२०७६ असार ६ गते प्रकाशित
वि.सं.२०७६ असार ६ शुक्रवार १३:२२ मा प्रकाशित