back
NMB ad

लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशन सम्पन्न

Kumari bank ad

काठमाडौं । राजपा नेपालनिकट राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशनले डा. उदय किशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यही असार ७ र ८ गते काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेजको सभाहलमा सम्पन्न अधिवेशनले ४५ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा तिवारी, अखिलेश कुमार सिंह, डा. विनोद साह, राजेश्वर यादवसहित ८ जना उपाध्यक्ष, महासचिवमा उदयकुमार कर्ण, सचिवहरुमा सुरेश प्रसाद कुशवाहसहित ८ जना छन् ।

शक्षिक शु–सासन, गुणस्तरीय शिक्षा एवं समानुपातिक प्रतिनिधित्व भन्ने मूल नाराका साथ उच्चशिक्षा, शौक्षिक आदर्श, गुणस्तरीय शिक्षा, आदिवासी, जनजाति, मधेशी, महिला आदीको विश्वविद्यालय स्तरमा समानुपातिक प्रवेशको सुनिश्चितता, समानताको अधिकार, प्राज्ञिक मूल्यमान्या, पदिय मर्यादा एवं आफ्नो पेशागत हक हित संरक्षण तथा सम्वद्र्धन गर्दै समतामूलक समाजको निर्माणजस्ता उद्देश्यहरुमा आधारित रहेर संघको महाधिवेशन सम्पन्न भएको अध्यक्ष तिवारीले जानकारी दिए । उनकाअनुसार उक्त महाधिवेशनमा राजपा नेपालका अध्यक्षद्वय मा. महन्थ ठाकुर, मा. राजेन्द्र महतो, त्रि.वि.को उपकुलपति प्रा.डा. तिर्थराज खनीया, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुल प्रसाद कोईराला, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्याम लाल दास, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. रामेश्वर उपाध्याय, त्रि.वि. प्राध्यापक संघको अध्यक्ष प्रा.डा. बसन्त ढकाल, विभिन्न वैचारिक संघ संगठनका अध्यक्ष ज्यूहरु, लगायत विभिन्न क्याम्पसबाट सहभागी भएका थिए ।

उनले संघले विश्विद्यालयमा गुणस्तरीय शिक्षाको लागि पहल र प्राज्ञिक क्षेत्रमा भैरहेको राजनीतकि हस्तक्षेप, विश्वविद्यालयको स्वायत्ततामाथि भैरहेको आक्रमण रोक्नको लागि पहल गर्ने विश्वास दिलाए । त्यस्तै, २५० जना महाधिवेशन प्रातिनिधिहरुको सहभागिता रहेको सो अधिवेशनको उदघाटन शत्रमा सबैले उच्चशिक्षा, शिक्षानीति, विश्वविद्यालयको गतिविधि, प्राज्ञिक स्वतन्त्रता माथि भईरहेको प्रहार, प्राज्ञिक मूल्यमान्यता तथा अध्ययन र अनुसन्धान अदि विषयमा आफ्नो धारणा राखेको पनि संघले जनाएको छ । लोकतान्त्रिक मूलय र मान्यता, विधि एवं प्रकृयाअनुसार मुलुकको सघीय शासन व्यवस्था बमोजिम परिर्वतित उच्चशिक्षा नीतिअनुसार संघको विधानलाई संसोधन गर्दै सबल र सक्षम केन्द्रीय कार्य समिति निर्माण गर्दैै महाधिवेशनबाट विभिन्न निर्णयहरु समेत पारित भएको महासचिव उदयकुमार कर्णले जानकारी दिए ।

उनले प्राज्ञिक मूल्य र मान्यतामाथि भैरहेको सबै प्रकारको हस्तक्षेप तथा विश्वविद्यालयमा आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिमहरुमाथि भैरहेको विभेदको अन्त्यको लागि आफूहरुले गम्भिर पहलकदमी लिने पनि विश्वास दिलाए । राष्ट्रिय महाधिवेशनबाट त्रि.वि.वि तथा अन्य विश्वविद्यालयमा विगत धेरै वर्ष देखि करारमा कार्यरत शिक्षण सहायकहरुलाई स्थायी गर्न आवश्यक पहल गरिने, त्रि.वि.वि तथा अन्य विश्वविद्यालयमा विगत धेरै वर्षदेखि आंशिक रुपमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुलाई करारमा नियूक्तिको लागि आवश्यक प्रकृया मिलाउन निर्णय गरिएको पनि कर्णले जानकारी दिए ।

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असार १० मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...