back
NMB ad

साधना अब लार्ज प्रिन्टमा

Kumari bank ad

काठमाडौं । कामना न्युज पब्लिकेसन्स्बाट २७ वर्षदेखि नियमित रुपमा प्रकाशन भइरहेको साधना हेल्थ एन्ड ब्युटी म्यागेजिन २०७६ असारको अंकदेखि परिमार्जित रुपमा विशेष साजसज्जा सहित प्रकाशित भएको छ ।

“बजार सर्वेक्षणका आधारमा साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनका पाठकहरु १४ वर्षका किशोर–किशोरीदेखि ८० वर्षसम्मका वरिष्ठ नागरिक समेत हुने गरेको पाइएकाले साधनालाई अझ पाठक–मैत्री बनाउने उद्देश्यले यस अंकदेखि लार्ज प्रिन्टमा प्रकाशन गर्न थालिएको छ ,यो लार्ज प्रिन्टको कन्सेप्ट नेपालकै पहिलो प्रयास हो’’ प्रकाशकको भनाई छ ।

स्वास्थ्य सम्बन्धी म्यागेजिन पढ्दा आँखामा कुनै प्रकारको दबाब नपरोस् र तनाव उत्पन्न भई टाउकोसमेत नदुखोस् भन्ने उद्देश्यले ठूलो साइजका अक्षर प्रयोग गरिएको हो । साना फन्टको तुलनामा ठूला फन्ट भएका पाठ्य सामग्री पढ्दा आँखाको थकान कम भई पढ्न सहज हुने अपेक्षा गरिएको छ ।

साधनालाई झन् पाठक–मैत्री बनाउने उद्देश्यले प्रयोग गरिएको ठूला फन्टका कारण पृष्ठसंख्या वृद्धि हुने भए पनि पाठकहरुको सुविधाका लागि साधनाको मूल्यमा भने परिवर्तन गरिएको छैन । हरेक महिनाको १५ गते प्रकाशन गरिने यस साधना हेल्थ एन्ड ब्युटी म्यागेजिनले पाठक र पाठकको परिवारलाई स्वस्थ रहन मद्दत गर्ने प्रकाशकको विश्वास रहेको छ ।

२०७६ असार १३ गते प्रकाशित

वि.सं.२०७६ असार १३ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...