back
NMB ad

एसईई परिक्षाफल प्रकाशन गर्दा टेलिकमको त्रुटि, गणितमा पनि प्राक्टिकल अंक समावेश

Kumari bank ad

काठमाडौं । माध्यमिक परिक्षा बोर्ड (एसईई) को परिक्षाफल प्रकाशनमा नेपाल टेलिकमले गरेको त्रुटिका कारण अभिभावक तथा विद्यार्थीले सास्ती पाएका छन् । टेलिकमको वेबसाइटमार्फत परिक्षाफल हेर्दा गणित विषयमा समेत प्राक्टिकल अंक देखिएपछि परिक्षार्थीहरु अन्यौलमा परेका थिए । परिक्षाफल प्रकाशित हुनेवित्तीकै परिक्षाको लब्धांक पत्रमा सुरुमा गणित विषयमा पनि प्राक्टिकल अंक जोडिएको भएपनि पछि टेलिकमले यसलाई सच्याएको छ ।

नेपाल टेलिकमले डाटा अपलोड गर्ने बेलामा सामान्य त्रुटि गरेका कारण धेरै विद्यार्थीको ग्रेड सिटमा गणितमा पनि प्राक्टिकल अंक देखिएको नेपाल परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए, पौडेलले भने, “टेलिकमले डाटा हाल्ने बेलामा गलत गरिदिएछ, अहिले सच्याइसकिएको छ ।”
यसैकारण नतिजा प्रकाशन हुनेवित्तीकै ग्रेड सिट डाउनलोड गरेका विद्यार्थीले पुनः नतिजा हेर्नुपर्ने भएको छ । अध्यक्ष पौडेलले पनि यसअघि ग्रेड सिट हेरेकालाई फेरि हेरेर कन्फर्म गर्न आग्रह गरेका छन् ।

रिजल्ट अपलोड गर्ने क्रममा त्रुटि भएपछि विद्यार्थी तथा अभिभावकले दुःख पाएका हुन् । एसईईको परिक्षा दिने विद्यार्थीले गणित र अतिरिक्त गणीत बाहेक अन्य विषयमा ७५ पुर्णाङ्कको मात्र जाँच दिनुपर्ने हुन्छ तर, परिक्षाफलमा भने गणीतमा पनि प्राक्टिकल अंक देखिएपछि विद्यार्थी अन्यौलमा परेका हुन् ।

२०७६ असार १३ गते प्रकाशित

वि.सं.२०७६ असार १३ शुक्रवार १२:३६ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...