back
NMB ad

संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट नेतृत्वमा नयाँ कार्यसमिति

Kumari bank ad

काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यक्रम उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा बाँडिएको थियो । मोतीराम फुयालँको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भीम क्षेत्री, गीता राणा र तारापति खरेलको विशेष आतिथ्य रहेको थियो । नवगठित कार्यसमितिको उपाध्यक्षमा सन्तोष जि सि र नितु झा, सचिबमा भुपाल उप्रेती, सह सचिबमा ओमनाथ कडरिया र कोषाध्यक्षमा रमेश बराल चयन भएका छन् ।

कार्यक्रकमा शिक्षा व्यवसायी र सरोकारवालाहरूले शिक्षा गुणस्तर वृद्धि गर्नुपर्ने भन्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता, संघीय शिक्षा ऐनले तोके बमोजिम नियुक्तिपत्र, तलब, सेवा सुविधाको माग अघि सारेका छन् । त्यसैगरी निजी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गर्दे नेपाल सरकारले २०७६/७७ को बजेट मार्फत् बढाइएको १८ प्रतिशत तलब तत्काल बढाएर दिन आग्रह समेत गरेका छन् ।

नयाँ बानेश्वर काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस युनियनको ‘संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी एक होऔँ’ भन्ने नारा सहित २०६० सालमा स्थापना भएको थियो । यसले संस्थागत विद्यालयका शिक्षकहरूको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ । ।

वि.सं.२०७६ असार १५ आइतवार १०:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...