back
NMB ad

साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण

Kumari bank ad

काठमाडौं । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले २० थान Lynx Smart  बस हस्तान्तरण गरेको छ । धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डको वातावरणमैत्री यूरो–४ मापदण्डका बस नेपालमा बिक्रि वितरणको सुरुवातका साथै एक कार्यक्रम मार्फत साझा यातायात लाई हस्तान्तरण गरेको हो ।

Lynx Smart  बसमा धेरै अद्वितीय विशेषताहरु डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो । साथै अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्ने बताइएको छ । Lynx Smart को विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४ सिलिण्डर CRS डीजल, जुन EGR टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ kW) को अधिकतम शक्ति @ 2400 rpm, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस सफलतापूर्वक वितरण गरिरहेको छ । यो गाडी केवल अपरेटर र यात्री अनुकूल हुनुका साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री समेत रहने दाबि गरिएको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् । बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाकवर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् । नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक/टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु रहेका छन् ।

आइएमई मोटर्स प्रा. लि. नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिस र पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिका ले सेवा प्रबाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रा लि नेपालमा महत्वपुर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।

२०७६ असार १७ गते प्रकाशित

वि.सं.२०७६ असार १७ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...