back
NMB ad

जनउत्थानको २०५ बोनसमा मूल्य समायोजन,असार ३० मा एजीएम गर्दै

Kumari bank ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बुधबार यसको सेयर कारोबार प्रतिकित्ता १ हजार ९० रुपैयाँ ९१ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १ हजार २६४ रुपैयाँ २० पैसा छ । कम्पनीले हाल कायम २ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजीबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्न असार ३० गते साधारण सभा बोलाएको छ ।

साधारण सभा गर्न बुधबारदेखि बुक क्लोज भएको हो । जनउत्थानले असार १२ गतेदेखि १०० प्रतिशत हकप्रद पनि बिक्री खुला गरेको छ । प्रस्तावित २० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुँजीमा फेरि २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

जनउत्थानले १ः२ अनुपातमा हकप्रद जारी गरी चुक्ता पुँजी १२ करोड ६७ हजार २० हजार रुपैयाँ पुर्याउनेछ । यता, मर्जर तथा एक्विजिसनको बाटो पनि खुला राखिने भएको छ । अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डासमेत सभामा पेश हुनेछ ।

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...