back
NMB ad

नयाँ शहर निर्माणको लागि आयो कार्ययोजना

Kumari bank ad

काठमाडौं । उपत्यका विकास प्राधिकरणले नयाँ शहर योजना कसरी कार्यान्वयन हुन्छ भन्ने सम्बन्धमा आफ्नो कार्ययोजना अगाडि ल्याएको छ । नयाँ शहरको योजना अनुसार काम गर्दा आवश्यक पर्ने जग्गा ल्यान्ड पुलिङको माध्यमबाट एकीकरण गर्ने प्राधिकरणले जनाएको छ । नयाँ शहर बनाउँदा आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने र बाँकी रहेको जग्गा सम्बन्धित जग्गाधनीलाई नै उपलब्ध गराउने पनि प्राधिकरणले जनाएको छ ।

निर्माणका क्रममा कोहि व्यक्तिको घर पर्न गएमा घरधनीलाई अर्को ठाउँमा घर बनाउन घडेरी दिने र घर बनाउँदासम्म बस्नको लागि कोठा भाडासमेत उपत्यका विकास प्राधिकरणले बेहोर्ने प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले बताएका छन् ।

अविकसित ठाउँमा रहेको जग्गालाई ल्यान्ड पुलिङ माध्यमबाट विकसित बनाउँदा त्यो जग्गाको मूल्य बढी आउँछ, त्यसले सम्बन्धित व्यक्तिलाई आर्थिक रूपमा घाटा हँुदैन र सरकारले क्षतिपूर्ति पनि तिर्नु पर्दैन, न्यौपानेले भने । उनले बाटोको छेउमा थोरै (३–४) आना जग्गा हुने मान्छेलाई पनि यसले असर नगर्ने र बाटो रहेको जग्गालाई बाटो नचाहिने भएकाले १०/१२ प्रतिशत मात्र घट्ने बताएका छन् । तर, बाटो नभएको ठाउँमा ३०/३५ प्रतिशत पनि घट्न सक्नेछ । नयाँ शहरको ल्यान्ड पुलिङ गर्दा कुनै पनि मान्छे आयोजनाबाट विस्तापित हुनुनपर्ने बताइएको छ ।

नयाँ शहर निर्माण गर्न लागिएको जग्गामध्ये कसैलाई बेच्नुपरेको छ भने त्योे जग्गा प्राधिकरणले नै किनिदिने र कुनै व्यक्तिलाई जग्गा अपुग भएको खण्डमा पनि प्राधिकरणले जग्गा उपलब्ध गराउने न्यौपानेको भनाई छ । उनले भने–‘सरकारले अहिले आफूलाई सुविधायुक्त घडेरी चाहिएको छ भने त आफै पूर्वाधारको निर्माण गर भनेर नयाँ शहर भनेको हो ।

नयाँ शहर निर्माण गर्न भन्दै तीन वर्षको लागि उपत्यका विकास प्राधिकरणले जग्गाको कित्ताकाट रोकेको थियो । अब त्यो कित्ताकाट डीपीआरको रिपोर्ट सरकारले स्वीकार गरेपछि ल्यान्ड पुलिङतर्फ जाने उनले बताए । नयाँ शहर काठमाडौंका सबै ठाउँमा रहेको जग्गा आयोजनाभित्रको नरहेकोले यो जनताको सम्पत्तिमा निर्माण गर्न लागिएको हो । पछि कोही मान्छे म पनि आयोजनामा बस्छु भनेर आयो भने उसलाई समावेश गर्ने र म बस्न चाहान्न बाहिर जान्छु भन्नेलाई बाहिर पार्ने प्राधिकरणको तयारी छ ।

कुनै व्यक्तिको घरजग्गा सम्पूर्ण पूर्वाधारले सम्पन्न भएको र उसलाई नयाँ शहरको पूर्वाधार आवश्यक नपर्ने भए पनि त्यस्तो व्यक्तिको ५ प्रतिशत जग्गा नयाँ शहरले अधिग्रहण गर्ने तयारी प्राधिकरणको छ । नयाँ शहरको लागि सामान्य घर बनाउन रोके पनि भूकम्पपीडित र बसोबास नै नभएको मान्छेलाई चाहिँ स्थानीय तहको सिफारिसका आधारमा बसोबास गर्ने व्यवस्था गरेको उनले बताए ।

सामान्यतया घर नभत्काइने र नयाँ मापदण्डअनुसार त्यो घरलाई जग्गा चाहिएमा त्यस मूल्य बराबरको जग्गा उपलब्ध गराइनेछ । कुनै घर भत्काउनै पर्यो भने पनि त्यसवापत नयाँ घर बनाइदिने घडेरी दिने र उसको घर निर्माण नहुँदासम्म भाडासमेत प्राधिकरणले दिने उनले बताए ।

२०७६ असार २३ गते प्रकाशित

वि.सं.२०७६ असार २३ सोमवार १५:४६ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...