back
NMB ad

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम अवसर

Kumari bank ad

काठमाडौं। घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ खरिदका लागि आवेदन दिने आज मंगलबार अन्तिम अवसर हो । यस संस्थाको आईपीओ खुलेको आज तेस्रो दिनसम्ममा माग भन्दा ३० गुणा बढी आवेदन परेको छ ।

सोमबारसम्म २ लाख १३ हजार ८०० आवेदन परेको सेयर निष्कासन तथा प्रवद्र्धनको जिम्मा पाएको प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । ३७ लाख ५१ हजार कित्ता सेयरका लागि आवेदन दिइएको छ , यो कुल निष्काशित सेयर इकाइको ३०.१० गुणाभन्दा बढी हो । सेयर खरिद आवेदनको अन्तिम दिन मंगलबार आज यो अनुपात अझै १० गुणाले बढ्न सक्ने अनुमान सहजै लगाउन सक्निछ ।

कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्तले गत असार २० गतेबाट आईपीओमा आवेदन खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गरेको छ।

कुल निष्काशनमा आउने आईपीओमध्ये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका कर्मचारीलाई र ६ हजार ६३० सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण कार्यालय तथा मेरो सेयरबाट समेत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

२०७६ असार २४ गते प्रकाशित

वि.सं.२०७६ असार २४ मंगलवार ११:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...