back
NMB ad

घरमा किन कम हुँदैनन् साङ्लाः कारण रोचक छ

Kumari bank ad

 एजेन्सी । भान्छामा यताउती दौडिरहेको, भाँडाकुँडा चाहरिरहेको, दराजमा भित्र–बाहिर गरिरहेको साङ्लाबाट पार पाउन यदि तपाईंले हिजोमात्रै किटनाशक हाल्नुभएको र त्यसले केही असर गरेको छैन भने अचम्ममा नपर्नुहोस् । किनभने तपाईंको किटनाषक ती साङ्लामाथि बेअसर भएको छ ।

हालै अमेरिकाको इन्डियानाको परड्यु युनिभर्सिटीका वैज्ञानिकले एक अध्ययन गरेका छन् जसमा साङ्लाले किटनाशक पचाउन थालेको पत्ता लगाएका छन् । अर्थात्, उनीहरुले किटनाषकबाट बच्ने तरिकाको खोजी गरेका छन् । वर्षौंदेखि हामी केमिकलको मद्दतले किराको बढ्दो जनसंख्या रोक्ने कोसिस गरिरहेका छौं ।

साधारणतया साङ्लालाई भगाउनका लागि कुनै रसायनको प्रयोग गरिन्छ । यदि त्यसले काम गरेन भने हामी अन्य रसायनको प्रयोग गरेर हेर्छौं । थुप्रैपटक भिन्न–भिन्न किटनाषकलाई मिसाएर पनि कोसिस गर्छौं । तर अनुसन्धानकर्ताका अनुसार संसारभरीका शहरमा तीब्र रुपमा बढिरहेको जर्मन साङ्लोमाथि विभिन्न प्रकारका किटनाषकले कुनै असर गरिरहेको छैन । वैज्ञानिकले ती किटनाशकको प्रयोग गरे जुन सर्वसाधारणका लागि बजारमा उपलब्ध हुन्छन् । कम्पनीले किरा–फट्याङ्ग्रा भगाउन प्रयोग गर्ने किटनाषकको पनि प्रयोग गरेर हेरे ।

उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकले बीबीसीसँगको कुराकानीमा साङ्लाले खाओस् भनेर राखिने किटनाषकलाई पनि अध्ययनमा संलग्न गरेको बताए ।वैज्ञानिक डी। गोंढलेकरले भने, ‘के साङ्लाले किटनाषकप्रति प्रतिरोधक क्षमता विकसित गरिरहेको छ भन्ने यो विषयमा कुनै अध्ययन भएको छैन । नयाँ पीढिका साङ्लामाथि बजारमा पाइने सबै किटनाशकले कुनै असर नगरेको पाइनु निकै अचम्मको कुरा हो ।’ वैज्ञानिकले आफ्नो स्याम्पलमा किटनाषकलाई परिवर्तन गरीगरी हेरे, तर यो प्रयोग पनि विफल रह्यो ।

बढ्दो किराफट्याङ्ग्रा र स्वास्थ्यमा हानी

विशेषज्ञका अनुसार साङ्लाको यो रोग प्रतिरोधक क्षमताका कारण उनीहरुको बढ्दो संख्यामा लगाम लगाउन मुश्किल हुनेछ । जसका कारण उनीहरुबाट फैलने रोगको खतरा पनि बढ्नेछ । गोंढलेकर बीबीसीसँग भन्छन्, ‘साङ्लाको दिसामा एलर्जी पैदा गर्ने तत्व हुन्छ जसका कारण दम हुनसक्छ । यसबाहेक साससँग जोडिएका रोग लाग्ने खतरा पनि हुन्छ । ’ यी किरा खाना भएको ठाउँमा बस्न रुचाउँछन् जस्तै किचनको सतह, दराज वा चुल्होमा । उनीहरुले त्यहाँ यस्ता ब्याक्टेरिया छोड्छन् जसका कारण पेटसम्बन्धि गम्भीर समस्या र झाडापाखाला हुनसक्छ । वैज्ञानिकका अनुसार साङ्लाको नियन्त्रण शहरको विकास र उनीहरुको किरासँग जुध्ने क्षमतामा निर्भर हुनेछ । जुन स्थानमा कम स्रोत साधन हुन्छन् त्यहाँ किराको नियन्त्रणमा धेरै समस्या निम्तिनेछ ।

यस्ता समस्यालाई कसरी सुल्झाउने ?

साङ्ला शहरमा बिगबिगी पाइने किरा हो । यी जीवका लागि भवन र ठूला डस्टबिन निकै उत्कृष्ट घर हो । जब एउटा किटनाषकले काम गर्न बन्द गर्छ तब अर्को बनाइन्छ । तर प्रभावकारी फर्मुला बनाउन समय लाग्नसक्छ । त्यसकारण वैज्ञानिकले यस्ता सजिलो तरिका बताएका छन् जसमार्फत् तपाईं आफ्नो घरलाई साङ्लाको अड्डा बन्नबाट बचाउन सक्नुहुन्छ ।

–ती स्थानलाई सफा गरिरहनुहोस् जहाँ धुलो, गर्मी वा खानाको टुक्रा जम्मा हुन्छन् ।

– एकै प्रकारका किटनाषकको प्रयोगलाई निरन्तरता नदिनुहोस् । यदि किटनाषक छर्कंदा साङ्ला कम भएकमा छैनन् भने अन्य केमिकलको प्रयोग गर्नुहोस् । नभए उनीहरु त्यसबाट आफ्नो प्रतिरोधक क्षमता विकसित गर्नेछन् ।

– खानालाई खुल्ला नछोड्नुहोस् ।

– फोहोरको डिब्बालाई नियमित सफा गरिरहनुहोस् ।

– ओसिलो ठाउँलाई बारम्बार सफा गरिरहनुहोस् ।

वैज्ञानिकले आफूमा सफा गर्ने बानीको विकास गरेर यी किराको समस्याबाट उम्कने सकिने बताएका छन् ।

(साभार)

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १३:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...