back
NMB ad

मोदी र ओलीलाई ३० दिनभित्रै विषादी परीक्षणा गर्ने मेशिन उपलब्ध गराउने नेपाली ई.कँडेलको घोषणा

Kumari bank ad

काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भिर ध्यानाकार्षण गराएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले आफू भारतीय प्रधानमन्त्री मोदीको ठूलो फ्यान भएपनि पहिला आफ्नो परिवार अनि देश र त्यसपछिमात्रै मित्रराष्ट्र आउने सुनाउँदै नेपाली नागरिकको स्वास्थ्यप्रति आफू संवेदनशीले रहेको सुनाए ।

उनले नेपाल–भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ सबैलाई पछि पार्दै मोदी विश्वकै शक्तिशाली नेता बनेकोमा गर्वले आफ्नो छाति चौडा भएको पनि कँडेलले सुनाए । पहिलो कार्यकालको सुरुवातमै नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा सम्बोधन गर्दा ‘भारतले जितेका सबै युद्धमा नेपालीले खुन बगाएको’ कुरा सम्झिंदै कँडेलले भने,‘मोदीज्यु, बहादुर नेपाली त भारतलाई चाहिएको छ, त्यसैले बहादुर बनाउनको लागि पनि स्वच्छ र तेजिलो तरकारी खानुपर्छ ।’ उनले भारतबाट नेपाल आयात हुने तरकारीमा विषादी भेटिएको कुरा आफूले सुन्नु पर्दा निकै दुःख लागेको सुनाए । कँडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘त्यही विषादीले भरिएको सब्जी मैले मेरो २० महिनाको छोरालाई खुवाउनु परेको छ, म मेरो छोरालाई तपाईको देशको एयरफोर्समा फाईटर प्लेन चलाउन पठाउन चाहन्छु, हो आज मैले मेरो छोरालाई त्यही विषादीवाला तरकारी खुवाउनुपरेको छ । यसले मलाई निकै दुःखी तुल्याएको छ।’

नेपालस्थित् भारतीय दुतावासले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्न दबाबसहित नेपाल सरकारलाई गरेको पत्राचारको बारेमा पनि कँडेलले मोदीको ध्यानाकार्षण गराएका छन् । उनले भनेका छन्,‘हेर्नुहोस, मोदीजी जब नेपालमा रहेको तपाईको भारतीय दुतावासले विषादी परीक्षण नगर्नको लागि दबाब दिन्छ, यो त लाजको विषय हो । तपाईलाई पनि थाहै भएको कुरा हो यदि यो कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले थाहा पाए भने (हुन त अहिले यो कुरा भारत र नेपालबीच मात्रै छ) तिललाई पहाड बनाईदिन्छन्।’

कँडेलले तरकारीमा हुने विषादी दुवै देशका सरकारले तुरुन्त हटाउनुपर्ने माग गरे । उनले भने,‘तरकारीमा हुने विषादीलाई हटाएर दुवै देशका नागरिक र नेपाल आउने पर्यटकको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दछु ।’ नेपालले भिजिट नेपाल २०२० भव्य रुपमा सफल बनाउन गैरहेको अवस्थामा विषादी रहित तरकारीको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले आफू आर्थिक कुटनीतिको क्षेत्रमा कार्यरत व्यक्ति भएको सुनाउँदै यदि नेपाल र भारत दुवै देशका सरकारले सहयोग गरे एक महिनाभित्र दुवै देशलाई विषादी परीक्षण गर्ने यन्त्र उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गरे ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १६:०८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...