back
NMB ad

सञ्चारकर्मी पुडासैनीलाई धम्की दिने घिमिरे प्रहरी नियन्त्रणमा

Kumari bank ad

काठमाडौं । हेटौंडाका पत्रकार बलराम पुडासैनीलाई आफ्नो विरुद्ध समाचार लेखेकै भन्दै धम्की दिने मकवानपुरगढी वडा नम्बर ३ का रामप्रसाद घिमिरेलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एक महिना अघि निर्माण सम्पन्न गरिएको स्ल्याब ढलान काम नलाग्ने गरी भत्किएको थियो ।

सोही विषयमा समाचार प्रकाशन गरेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले मकवानपुरबाट प्रकाशित हुने ‘तु खबर डट कम’का समाचार प्रमुख बलराम पुडासैनीलाई फोनमार्फत अश्लिल शब्दको प्रयोग गर्दै धम्की दिएका थिए ।

यसरी धम्की दिएपछि पुडासैनीले स–प्रमाण जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबार जाहेरी दिएका छन् । जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाही गरेको, कमसल सामग्री प्रयोग गरिएकाले विभिन्न स्थानमा भाँसिएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ । यस विषयमा ‘तु खबर डट कम’ले  समाचार प्रकाशन गरेको थियो ।

सञ्चार गृहले सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष घिमिरे र सो गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईसँग सो निर्माणका विषयमा प्रतिक्रिया उल्लेख गर्दै सन्तुलन कायम गरेता पनि सञ्चारकर्मी पुडासैनीलाई धम्की दिएका थिए ।

यस विषयमा पत्रकार महासंघ मकवानपुरले सञ्चाकर्मीलाई धम्की दिनु निन्दनीय भएको र दोषी उपर कानूनी कार्वाहीको माग गर्दै विज्ञप्ति समेत प्रकाशन गरेको छ ।

पछिल्लो समय नेपालमा समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा सञ्चाकर्मीहरु माथि विभिन्न आक्रमण तथा धम्की दिने क्रम बढिरहेको छ । भर्खरै जिल्ला प्रशासनले १० दिनको म्याद थप गरेर थुनामा राख्न प्रहरीलाई आदेश दिएको छ ।

२०७६ साउन २ गते प्रकाशित

वि.सं.२०७६ साउन २ बिहीवार ०७:५५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...