back
NMB ad

कम्तिमा ३० अर्बको आईपीओ यसै बर्ष आउँदै,कुन कम्पनीले बेच्दैछन् त शेयर

Kumari bank ad

काठमाडौं । आईपीओमा लगानी गर्ने सोंचमा बसेका लगानीकर्ताहरुका लागि चालु आर्थिक बर्षमा कम्तिमा ३० अर्ब रुपैयाँ हाराहारीको शेयरमा आबेदन हाल्ने अवसर आउँने देखिएको छ ।

यस बर्ष कम्तिमा २८ वटा कम्पनीले सर्वसाधारणमा २१ अर्ब ७४ करोड रूपैयाँ बढीको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अहिले नै निश्चित देखिएको छ । अनुमति माग्न धितोपत्र बोर्ड पुगेका ८ वटा कम्पनीले एक अर्ब ६६ करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारीमा रहेका छन् ।

यी कम्पनीहरुले धितोपत्र बोर्डमा शेयर निश्काशनका लागि आबेदन दिईसकेका छन्ः

pipeline ipo
स्रोतः धितोपत्र बोर्ड

धितोपत्र बोर्डमा तीन वटा सामुहिक लगानी कोषले तीन अर्बको ईकाई निश्काशन गर्न स्वीकृति कुरेर बसेका छन् ।

स्रोतः धितोपत्र बोर्ड

शेयर बजारका लगानीकर्ताहरुले ब्यग्रतापुर्वक प्रतीक्षा गरिरहेको जीवन तथा निर्जिवन बीमा कम्पनीहरुको आईपीओ पनि हो । १० वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब २८ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदैछन् । उनीहरु मध्ये धेरैले साधारणसभाबाट प्रस्ताब पारित र रेटिङ समेत गराएर कम्पनी रजिष्ट्रार हुँदै धितोपत्र बोर्ड जाने तयारी गरेका छन् ।

त्यस्तै तीन वटा निर्जिवन बीमा कम्पनीको पनि ९० करोडको आईपीओ आउँने नै छ । पुनर्विमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँने अन्तिम तयारी गरेको छ ।

up coming ipo

स्रोतः विभिन्न स्रोत र समाचार

सबैभन्दा धेरै आईपीओ ल्याउने कम्पनीमा भने गत बर्षदेखि संचालनमा आएको पुर्वाधार बिकास बैंक हुनेछ । २० अर्ब चुक्ता पूँजी रहेको कम्पनीले ८ अर्बको आईपीओ बिक्री गर्नेछ । त्यसैगरी डिस होम र चन्द्रागिरी केबलकारले पनि प्रिमियम मूल्यमा आईपीओ बेच्ने तयारी थालेका छन् ।

डिस्होम मिडिया नेटवर्कले २० करोड र चन्द्रागिरी हिल्सले १० करोड रूपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेका छन् । चन्द्रागिरी हिल्सले यसै आर्थिक बर्ष भित्र आईपिओ निष्काशन गर्न सक्ने संकेत दिएको छ । हिल्सका सञ्चालक सदस्य अम्बिका प्रसाद पौड्यालले कम्पनीले यसै बर्षको अन्त्यतिर आईपीओ निष्काशन गर्ने तयारीमा लागेको बताए ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्बसाधारणबाट रकम संकलन गर्ने १८ वटा कम्पनीहरुले पनि शेयर बिक्री खोल्न सक्ने संभावना छ । त्यसो भयो भने अर्बौ रुपैयाँ यिनै सरकारी कम्पनीहरुले सर्बसाधारणबाट उठाउँने छन् भने निजी क्षेत्रका अरु हाईड्रोपावर, लघुवित्त र सेवा क्षेत्रका कम्पनीहरुको आईपीओको ओईरो लागि नै रहने छ । दुई बर्ष भित्रमा झण्डै १०० हाईड्रोको शेयर बजारमा आउँने छ । अहिले संचालनमा रहेका सामुहिक लगानी कोषहरुको थप योजनाका ईकाईहरु बिक्रीमा आउँनुका साथै बीमा कम्पनीहरुले समेत सहायक कम्पनी स्थापना गरेर सामुहिक लगानी कोष संचालन गर्न पाउँने हुँदा उनीहरुले पनि ईकाई बिक्री गर्न सक्छन् ।

सर्बोत्तम सिमेन्ट, मारुती सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सीजी सिमेन्ट, चौधरी समूह एनसेललगायतका दुर संचार कम्पनीहरु पनि पब्लिक बनेर सर्बसाधारणमा शेयर बिक्री गर्न आउँने संभावना बढेको छ ।

सरकारले उत्पादनमूलक कम्पनीलाई पूँजी बजारमा भित्रयाउन पहल गरेको छ । धितोपत्र बोर्डको नीति तथा कार्यक्रम अनुसार त्यस्ता कम्पनीहरूलाई पूँजीबजारमा आउदा सहुलियत दरमा ऋण प्रवाह गराई थप प्रोत्साहन गरिने छ ।  यसबाट उत्पादनमुलक क्षेत्रका र अर्बौ अर्ब पूँजी भएका कम्पनीहरु पूँजी बजारमा थपिन उत्साहित भएमा अहिले आँकलन गरिएको भन्दा अरु धेरै रकमको शेयर आईपीओको रुपमा बिक्रीमा आउँने संभावनालाई नकार्न सकिन्न ।

बैंक तथा बित्तीय संस्थाहरुको डिबेन्चर समेत बिक्रीको हिसाब गर्दा सर्बसाधारणले लगानी गर्नसक्ने धेरै विकल्पहरु हुनसक्छन् । यसरी शेयर, डिबेन्चर र सामुहिक लगानी कोषका ईकाईहरु बिक्रीको बाढी आउँदा दोस्रो बजार कति खुम्चिएला वा बिस्तारित बन्ला भन्ने कुरा भने अहिले नै यकिन गर्न सकिन्न ।स्रोतः मेरो लगानी

२०७६ साउन ४ गते प्रकाशित

वि.सं.२०७६ साउन ४ शनिवार १५:०४ मा प्रकाशित

You can share this post!

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...