back
NMB ad

पाण्डे परिवारले जालझेल गरी सम्पत्ति हत्याएको भन्दै काठमाडौंकी महिला रुँदै मिडियामा आईन् (विज्ञप्ती सहित)

Kumari bank ad

काठमाडौं । झापा गरामुनी–८ स्थायी घर भएकी र हाल काठमाडौं वडा नम्बर १६, पकनाजोलकी निवासी पद्मा संग्रौलाले काठमाडौं–१६ निवासी गणेशराज पाण्डेका छोरा प्रशन्नराज पाण्डेले सुनियोजित ढंगबाट जालझेल गरी आफ्नो श्री सम्पत्ति हत्याएको आरोप लगाएकी छिन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित संग्रौलाले आफूमाथि पाण्डे परिवारले षड्यन्त्र, जालझेल र अन्याय गरेको भन्दै अदालतमा विचाराधिन रहेको उक्त केशमा अदालतले निश्पक्ष र स्वतन्त्रपूर्वक फैसला गरोस भन्ने माग गरिन् ।

संग्रौलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘म निवेदिकाले विपक्षी का.म.न.पा. १६ निवासी गणेशराज पाण्डेको छोरा प्रसन्नराज पाण्डेको नाममा रहेको का.म.न.पा १६ स्थित कि.नं. १४३ को २२८.२० व.मि. क्षेत्रफलको घरजग्गा मिति २०६४।४।१६ गतेदेखि २०६९।४।१६ सम्म ५ वर्षका लागि करार सहमति गरी बहाल भाडामा लिई सो जग्गा होटल व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना समेत मेरो निजी लगानिमा तयार गरी व्यवसाय सञ्चालन गर्दै आएकी थिएँ । मेरा विपक्षी प्रसन्नराज पाण्डे र निजका सहोदर दाजु सुदर्शन राज पाण्डेको मिलेमतोमा उक्त जग्गा मुस्ताङ मल्टि पर्पोज कम्पनि नाम गरेको काल्पनिक संस्था खडा गरी बद्नियतपूर्वक मलाई धोखा दिने उद्देश्यले मलाई जानकारी समेत नगराई सो संस्थाको सञ्चालक समेत आफैँ रहेको र उक्त घरजग्गा प्रीमियर फाइनान्स(जो हाल सिटिजन्स बैँकमा मर्ज भएको छ) मा धितो राखी कर्जा लिएका रहेछन् ।’

जारी विज्ञप्तीमा थप भनिएको छ,‘मुस्ताङ मल्टि पर्पोज कम्पनि र प्रीमियर फाइनान्सको समेत आफै सञ्चालक रहेको र सम्पूर्ण बोर्ड सदस्यहरु समेत निजहरु स्वयं रहँदारहँदै तथा प्रत्यक्ष रुपमा निजको वित्तीय स्वार्थ विद्यमान रहँदा कानूनतः नेपाल राष्ट्र बैंकको विभागीय परिपत्र, कम्पनीको नियम र वित्तीय विधिशास्त्रको सर्वमान्य सिद्धान्तको विरुद्धमा पदीय दुरुपयोग गरी करार अवधिभित्रै प्रिमियर फाइनान्सबाट कर्जा लिएको र निर्धािरत समयावधिभित्र ऋणी देखाइएको प्रशान्तराज पाण्डेले किस्ता र सामाव्याज नतिरेको एवं पटकपटक तागेतापत्र ७ दिने, १५ दिने र ३५ दिने सूचना समेत जारी गरिएको अवस्था कागजमा देखाइएको र सो ३५ दिने म्याद अवधिमा कुनै बदर दाबी समेत पर्न नआएको प्रमाण तयार गरियो र निजले तोकिएको अवधिभित्र लिएको कर्जाबापत रकमको किस्ता सामाव्याज रकम बुझाउन नआएपछि निज सम्पर्कविहीन भएको भनी मिति २०६८।५।२३ गते डाक लिलाम हुने मिति तय गरियो र सो मितिमा लिलाम हुन नसकेको देखाई पुनः मिति २०६८ । ५।३० गतेका दिन कृते मुचुल्का खडा गरी सोका आधारमा निजका नामबाट उक्त घरजग्गा मिति २०६८ । ६ । २ मा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँबाट घरजग्गाको जग्गाधनी प्रमाण पूर्जा प्रिमियर फाइनान्स लिमिटेडको नाममा कायम भएको अवस्था थियो । सो अवधिमा विपक्षी र निजका दाजु सुदर्शन पाण्डे लगायतले घर खालि गर्न पटकपटक डर त्रास र असह्य धम्कीद्वारा अमानवीय ढंगबाट असह्य मानसीक पीडा दिँदै प्रताडित गरिरहेका थिए । तर घर खालि गरी हिँडिहाल्न सक्ने अवस्था मेरो थिएन किनकि मेरो धेरै आर्थिक लगानि भइसकेको थियो । 

त्यसपछि निजहरुले सुनियोजित र षड्यन्त्रपूर्ण ढंगबाट मलाई फसाउने बदनियतपूर्वक उक्त कागजी दस्ताबेजहरु तयार गरेछन् र यदि नछोड्ने हो भने यस संस्थाले निर्धारण गरेको मूल्यमा प्रक्रिया अनुसार लिलाम सकारेमा संस्थाले राजीनामा पास गरी स्वामीत्व हस्तान्तरण गरिदिने प्रस्ताब ल्याइयो र मलाई बाध्य पारियो । मसँग विकल्प शून्य थियो र मैले हेर्ने भनेको मात्र कागजी प्रमाण थियो । जो निजहरुकै मिलेमतो र बदनियतका आधारमा तयार गरिएको रहेछ । जसअनुसार मैले बाध्यकारी अवस्थामा भाई साथि र इष्टमित्रहरुसँग हारगुहार, ऋणधन गरी तोकेको रकम जुटाई मिति २०६८ । ७ । २३ गतेका दिन र.नं.९०४(ग)बाट मेरो नाममा निजका परिवारका हकदार सदस्यहरुको समेत लिखतमा साक्षी राखी हस्ताक्षर गराई रजिष्टेशन पास गरी लिएको व्यहोरा अवगत गराउँदछु ।’

पीडित संग्रौलाले रुँदै भनिन्,‘एक जना अवला नारीलाई यसरी षड्यन्त्रकारीहरुले सुनियोजित ढंगबाट बुनिएको जालमा फसाए । त्यतिमात्रै होईन, मलाई त उनीहरुले आर्थिक, सामाजिक र मानसिक पीडा पनि दिए । तीनै पीडकहरु अन्यायमा परें भन्दै उल्टै अदालतको ढोकामा पुगे । तर, प्रमाण र आधार नहेरीकन प्राकृतिक न्यायको सिद्धान्तको विरुद्धमा गई मेरो नाममा भएको सम्पत्ति अदालतको दुई लाईनको अन्धो फैसलाको आधारमा षड्यन्त्रकारीले आफ्नो नाममा लगेका छन् । यो म माथिको अन्याय हो ।’
तर, चौविस घण्टा नबित्दै पीडक र जालसाँझी गर्ने प्रशन्नराजले उक्त सम्पत्ति आफ्नो सहोदर दाजु सुदर्शनराज पाण्डेको नाममा नामसारी गरिदिएको पनि उनले सुनाईन् । उनले थपिन्,‘पूनः सो सम्पत्ति दाजुले अदालतको हद म्यादको समय बाँकी रहँदारहँदै सोही अवधिभित्र सनराईज बैंक जावलाखेल शाखामा एक करोड पैत्तालिस लाखमा धितो राखी ऋण लिएको र ऋण दिने वित्तिय संस्थाले जग्गाको वस्तुस्थिति र सर्जिमिन समेत नगरी ऋण दिएको व्यहोरा समेत म निवेदन गर्दछु ।’

संग्रौलाद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘आफूले प्रचलित नियम, कानून र सम्पूर्ण प्रक्रिया पूरा गरी राज्यले निर्धारण गरेको राजश्व, कर तथा वित्तिय संस्थाले तोकेको मुल्य भुक्तानी गरि राज्यको अधिकारप्राप्त संस्था र निकायबाट राजीनामा पास गरेर लिएको सम्पत्ति स्वतः बदर गरि नीजको नाममा पास गराउने आदेशसहितको फैसला गराउनु र भुक्तान गरेको करोडौं रकमको फिर्ता गर्ने गराउने सम्बन्धमा एक शब्दको समेत प्रयोग नगरिनु कहाँसम्म बदनियती हो भन्नेबारे सिसाजस्तै छर्लङ्ग छ ।’ उक्त मुद्दामा राष्ट्रियस्तरका पेशेवर भूमाफिया, तस्कर र विचौलियाहरुको मिलेमतोमा लाखौंको आर्थिक चलखेल भएको र सम्मानित अदालत र न्यायको बदनाम गरिउको पनि उनले दाबी गरेकी छिन् । उनले भनेकी छिन्,‘कानूनी राज्यमा नागरिकको ज्यानधनको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा भएको छ।’

७० लाख लगानी गरेर होटेलको लागि भौतिक पूर्वाधार बनाएर सञ्चालनमा आएपछि पाण्डेले उक्त घरजग्गाको आफ्नै स्वामित्वमा रहेको र आफैं सञ्चालक समेत रहेको मुस्ताङ मल्टि पर्पोज नामक कृत्रिम कम्पनी खडा गरेर सोही नामबाट प्रिमियर फाईनान्समा उक्त सम्पत्ति रु एक करोड पचास लाख धरौटी राखी ठीक एक वर्षमा लिलामीको सूचना जारी गरेको उनको भनाई छ । उनले भनिन्,‘मलाई सो घर जग्गा करार अवधि नसकिँदै तुरुन्त खाली गर्न दबाब दिईयो ।’ आफ्नो करार अवधि बाँकी नै रहेको भनेर पाण्डेसँग अनुनयविनय गर्दापनि उनको चित्कारको कुनै सुनुवाई नभएको संग्रौलाले रुँदै सुनाईन् । ‘बरु, पाण्डे परिवारले उल्टै शक्तिको दुरुपयोग गर्दै प्रहरी प्रशासन लगाएर मलाई उठिबास लगाउने प्रयास गरे । यो बीचमा मलाई आतंकित तुल्याईयो ।’–उनले पीडा पोखिन् ।

आफूले लाखौंको लगानी गरेर भौतिक पूर्वाधार तयार पारी होटेल सञ्चालनमा ल्याएकोले पाण्डेहरुले लिएको बैंकको ऋण सकारेर आफ्नो स्वामित्वमा उक्त सम्पत्ति ल्याएको पनि उनले सुनाईन् । उनले भनिन्,‘एक करोड ७० लाख बैंकलाई, राजश्व र अन्य खर्चवापत १० लाख गरि मैले एक करोड ८० लाख खर्च गरें । मसँग कुनै पनि विकल्प बाँकी थिएन् । ७० लाख पहिल्यै लगानी भएको थियो । एक करोड ८० लाख लगानी गरेपछि मालपोत कार्यालय डिल्लीबजारबाट रष्ट्रिेशन पास गरि स्वामित्व मेरो नाममा हस्तान्तरण हुन्छ ।’ लिलामीको सुचना जारी गर्दा स्वयम पाण्डेले आफैं ऋणी, आफैं सञ्चालक, आफैं शेयरहोल्डर रहेको संस्थामा ७ दिन, १५ दिने, र ३५ दिने सुचना जारी गराई सम्पूर्ण प्रक्रियामा आफू र आफ्नो परिवारका सदस्यहरुको हस्ताक्षर गराएको भनेर म माथि आरोप लगाउँदै बयान दिएको पनि उनले सुनाईन् ।
यो केश अदालतसम्म पुगेको र न्यायाधिशको सेटिङमा आफूलाई हराईएको पनि संग्रौलाले सुनाईन । उनले प्रश्न गरिन्,‘मुस्ताङ मल्टि प्रपोज कहाँ छ ? थाहा छैन् । प्रिमियर फाईनान्स सिटिजन्ससँग गाभिएको देखिन्छ । जहाँ प्रशन्नराजका दाजु सदर्शनराज पाण्डे चाटर्ड एकाउन्टेन्ट र शेयर होल्डर समेत हुन्छन् । पाण्डे परिवार र तत्कालिन् सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण कुमार श्रेष्ठको पारिवारीक सम्बन्ध रहेको पनि खुल्न आएको छ । त्यही पाण्डे परिवारको दबाब र प्रभावमा परि उनीहरुको पक्षमा फैसला गरियो ।’

संग्रौला पूनरावदेन अदालत गईन् । तर, फाईल सदरपनि नगरी आफूलाई हराईएको पद्माको आरोप छ । अहिले सर्वोच्च अदालतमा मुद्दा विचारिधिन छ । कल्याण श्रेष्ठ प्रधानन्यायाधीश रहँदासमेत पूनरावदेलनको लागि ढोका बन्द गराईएको पनि उनले सुनाईन् । उनकाअनुसार सुशिला कार्की प्रधानन्यायाधीश भएपछिमात्रै निशा प्रदान गरेर उक्त केशले सर्वोच्चमा प्रवेश पाएको हो ।

पाण्डे परिवारको सर्वोच्चका एक अमुक न्यायाधीशसँग सम्बन्ध र सेटिङ रहेको उनको आरोप छ । उनले भनिन्,‘उनको बेञ्चमा नपरुञ्जेलसम्म पेशी सरेको सरै छ ।’ कार्यक्रममा समाजसेवी डा. रुद्रनाथ अधिकारीले न्यायिक विचलनको चरम उत्कर्षमा देश पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘यो देशमा अहिले पावर र पैसावालाको मात्रै बोलवाला छ । र, न्यायालयसम्मको पहँुच जसको छ, उसको पक्षमा मात्रै फैसला हुने गरेको छ । यसले त पीडित अझै पीडित हुँदै गएको अवस्था विद्यमान छ ।’
सम्बन्धित न्यायालय र दबाब र प्रभावमा परी न्यायिक विचलन गर्न पल्केका न्यायाधिशहरुलाई तुरुन्त कारबाही गर्नुपर्ने उनको माग छ । उनले भने,‘त्यस्ता व्यक्तिहरुलाई कठेला समातेर जनताको सामू देखाउनुपर्छ । र, न्यायको प्रत्याभुत हुन सकोस् । ताकी पद्मा संग्रौलालेजस्तो हजारौं अन्य पीडितहरु अन्यायको नियती खेप्न नपरोस् ।’

कार्यक्रममा पीडित संग्रौलाकी बहिनी विमला पौडेलले राष्ट्रमा अन्याय, अत्याचार र बेथितिीले चरम सिमा पार गरेको धारणा राखिन् । उनले भनिन्,‘जनताको राज्यप्रति आस्था र विश्वास दिनप्रतिदिन टुटेको अवस्थामा यदि तुरुन्तै न्यायिक क्षेत्रभित्र रहेका यस्ता अपराधिक प्रवृत्ति र क्रियाकलाप समयमै नियन्त्रण नभएमा राज्य र न्यायालयको विरुद्धमा जनता सडकमा उत्रिनपनि बाध्य हुनेछन् ।’ यसप्रति राज्य र सरोकारवाला निकायहरुको समयमै गम्भिर ध्यानाकार्षण होस भन्ने पनि उनको धारणा छ । 

हेर्नुहोस् विज्ञप्ति

 

 प्रेस–विज्ञप्ति

मिति २०७६।४।०८ गते

राज्यको चौँथो अङ्गका आदरणीय पत्रकार बन्धुहरू †

म त्रिलोचन संग्रौलाकी नातिनी भीम प्रसाद संग्रौलाकी छोरी झापा जिल्ला गरामुनी ८, हाल का.म.न.पा. वडा नं १६, पकनाजोल निवासी वर्ष ४५ की पद्मा संग्रौला, नेपालको सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दा नं. ०७२–RI-२६०६/०६/०७ उपर निष्पक्ष छानबिन गरी सत्यतथ्यलाई यहाँको मातहतका सञ्चारमाध्यमद्वारा न्यायिक क्षेत्रमा रहेको विद्यमान भ्रष्टाचार न्यायिक विचलनको भण्डाफोर गरी म पीडीतलाई न्याय दिलाई अपराधीहरुलाई न्यायिक कठघरामा उभ्र्याई हदैसम्मको कारवाही गर्न गराउन सहयोग पुर्याइदिनुहुनका लागि अनुरोध गर्दछु ।

म निवेदिकाले विपक्षी का.म.न.पा. १६ निवासी गणेशराज पाण्डेको छोरा प्रसन्नराज पाण्डेको नाममा रहेको का.म.न.पा १६ स्थित कि.नं. १४३ को २२८.२० व.मि. क्षेत्रफलको घरजग्गा मिति २०६४।४।१६ गतेदेखि २०६९।४।१६ सम्म ५ वर्षका लागि करार सहमति गरी बहाल भाडामा लिई सो जग्गा होटल व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना समेत मेरो निजी लगानिमा तयार गरी व्यवसाय सञ्चालन गर्दै आएकी थिएँ । मेरा विपक्षी प्रसन्नराज पाण्डे र निजका सहोदर दाजु सुदर्शन राज पाण्डेको मिलेमतोमा उक्त जग्गा मुस्ताङ मल्टि पर्पोज कम्पनि नाम गरेको काल्पनिक संस्था खडा गरी बद्नियतपूर्वक मलाई धोखा दिने उद्देश्यले मलाई जानकारी समेत नगराई सो संस्थाको सञ्चालक समेत आफैँ रहेको र उक्त घरजग्गा प्रीमियर फाइनान्स(जो हाल सिटिजन्स बैँकमा मर्ज भएको छ) मा धितो राखी कर्जा लिएका रहेछन् । मुस्ताङ मल्टि पर्पोज कम्पनि र प्रीमियर फाइनान्सको समेत आफै सञ्चालक रहेको र सम्पूर्ण बोर्ड सदस्यहरु समेत निजहरु स्वयं रहँदारहँदै तथा प्रत्यक्ष रुपमा निजको वित्तीय स्वार्थ विद्यमान रहँदा कानूनतः नेपाल राष्ट्र बैंकको विभागीय परिपत्र, कम्पनीको नियम र वित्तीय विधिशास्त्रको सर्वमान्य सिद्धान्तको विरुद्धमा पदीय दुरुपयोग गरी करार अवधिभित्रै प्रिमियर फाइनान्सबाट कर्जा लिएको र निर्धािरत समयावधिभित्र ऋणी देखाइएको प्रशान्तराज पाण्डेले किस्ता र सामाव्याज नतिरेको एवं पटकपटक तागेतापत्र ७ दिने, १५ दिने र ३५ दिने सूचना समेत जारी गरिएको अवस्था कागजमा देखाइएको र सो ३५ दिने म्याद अवधिमा कुनै बदर दाबी समेत पर्न नआएको प्रमाण तयार गरियो र निजले तोकिएको अवधिभित्र लिएको कर्जाबापत रकमको किस्ता सामाव्याज रकम बुझाउन नआएपछि निज सम्पर्कविहीन भएको भनी मिति २०६८।५।२३ गते डाक लिलाम हुने मिति तय गरियो र सो मितिमा लिलाम हुन नसकेको देखाई पुनः मिति २०६८ । ५।३० गतेका दिन कृते मुचुल्का खडा गरी सोका आधारमा निजका नामबाट उक्त घरजग्गा मिति २०६८ । ६ । २ मा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँबाट घरजग्गाको जग्गाधनी प्रमाण पूर्जा प्रिमियर फाइनान्स लिमिटेडको नाममा कायम भएको अवस्था थियो । सो अवधिमा विपक्षी र निजका दाजु सुदर्शन पाण्डे लगायतले घर खालि गर्न पटकपटक डर त्रास र असह्य धम्कीद्वारा अमानवीय ढंगबाट असह्य मानसीक पीडा दिँदै प्रताडित गरिरहेका थिए । तर घर खालि गरी हिँडिहाल्न सक्ने अवस्था मेरो थिएन किनकि मेरो धेरै आर्थिक लगानि भइसकेको थियो । त्यसपछि निजहरुले सुनियोजित र षड्यन्त्रपूर्ण ढंगबाट मलाई फसाउने बदनियतपूर्वक उक्त कागजी दस्ताबेजहरु तयार गरेछन् र यदि नछोड्ने हो भने यस संस्थाले निर्धारण गरेको मूल्यमा प्रक्रिया अनुसार लिलाम सकारेमा संस्थाले राजीनामा पास गरी स्वामीत्व हस्तान्तरण गरिदिने प्रस्ताब ल्याइयो र मलाई बाध्य पारियो । मसँग विकल्प शून्य थियो र मैले हेर्ने भनेको मात्र कागजी प्रमाण थियो । जो निजहरुकै मिलेमतो र बदनियतका आधारमा तयार गरिएको रहेछ । जसअनुसार मैले बाध्यकारी अवस्थामा भाई साथि र इष्टमित्रहरुसँग हारगुहार, ऋणधन गरी तोकेको रकम जुटाई मिति २०६८ । ७ । २३ गतेका दिन र.नं.९०४(ग)बाट मेरो नाममा निजका परिवारका हकदार सदस्यहरुको समेत लिखतमा साक्षी राखी हस्ताक्षर गराई रजिष्टेशन पास गरी लिएको व्यहोरा अवगत गराउँदछु ।

प्रचलित नियम कानून, विधि र प्रक्रिया पूरा गरी मैले लिलाम सकार गरी सम्पत्तिलाई अबैध र नियम विपरित भयो भन्दै राजिनामा पारित भइआएपछि सूचना नै नपाएको भनी दा.खा. बदर दर्ता लगायतको मुद्दा दायर गर्नु आफैमा हास्यास्पद र लज्जास्पद समेत देखिन्छ । जसका आधारमा सफा हात लिई अदालत प्रवेश गरी न्याय पाऊँ भनी फिराद दायर गर्नु र सोही फिराद दायरको आधारमा मिति २०७०।१२।१४ मा काठमाडौँ जिल्ला अदालतबाट माननीय न्यायाधीश मुरारीबाबु श्रेष्ठबाट फैसला भएको र सोको उपर उच्च अदालत पाटनमा पुनरावेदन गर्दा मिति २०७२।६।११ मा उच्च अदालत पाटनका न्यायाधीशद्वय डिल्लीराज आचार्य र तीलप्रसाद श्रेष्ठको इजलासबाट समेत दवाव र प्रभावमा परी न्याय कानून प्रचलित सिद्धान्त समेतको प्रतिकुल हुनेगरी फैसला गर्नुभएको छ । विपक्षीले ऋण लिँदा मुस्ताङ मल्टि पर्पोज कम्पनिको मुख्य शेयरधनी समेत विपक्षी नै रहेको प्रमाण स्पष्ट छ । घरजग्गा सुरक्षणका सम्पुर्ण प्रक्रियामा आफै सामेल भएर पनि थाहा जानकारी छैन भनी पेश गरिएको फिराद अदालतद्वारा स्वीकार गरिनु र माननीय न्यायमूर्तिहरु समेतले फैसलामा उल्लेख गरिएको प्रमाणहरु सम्बन्धित वित्तीय संस्थामा रहेको र म निवेदिकाका कानून व्यवसायीले वहसका क्रममा सम्बन्धित इजलाससमक्ष पेश गरेका कागजातलाई सुनियोजित रुपमा मिसिलबाट पमाण हटाई नष्ट गरी गराई मुद्दा कमजोर गराई यस फैसलामा दुवै अदालतका न्यायधीशहरुको न्यायिक विचलन भएको हो भन्ने छर्लंग देखिन्छ । तसर्थ यी दुवै फैसल ागर्ने न्यायाधीशहरुले राजनैतिक र संस्थागत दवाव, प्रभाव र आर्थिक प्रलोभनमा परी न्याय र न्यायालयको धज्जी उडाँउदै सामान्य मानवीय संवेदनालाई समेत हेक्का नराखी न्यायको गलाको गला रेटी–रेटी हत्या गरेका छन । पीडितले प्रचलित नियम कानून र सम्पूर्ण प्रक्रिया पुरा गरी राज्यले निर्धारण गरेको राजश्व, कर तथा वित्तीय संस्थाले तोकेको मूल्य भूक्तानी गरी राज्यको अधिकार प्राप्त संस्था र निकायबाट राजीनामा पास गरेर लिएको सम्पत्ति स्वतः बदर गरी नीजको नाममा पास गराउने आदेश सहितको फैसला गराउनु र भूक्तान गरेको करोडौँ रकमको फिर्ता गर्ने गराउने सम्बन्धमा एक शब्दको समेत प्रयोग नगरिनु कहाँसम्म बदनियती हो भन्ने बारे सीसाजस्तै छर्लङग छ । यस मुद्दामा राष्ट्रिय स्तरका पेशेवर भूमाफिया, तस्कर र विचौलियाहरुको मिलेमतोमा लाखौँको आर्थिक चलखेल भएको छ र सम्मानित अदालत र न्यायको बदनाम गरिएको छ । साथै कानूनी राज्यमा नागरिकको ज्यानधनको सुरक्षामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

उक्त बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष संलग्न रहेका आफै कर्जा लिनका लागि कागजी प्रक्रिया पूरा गर्ने, आफै स्वीकृत गराउने, आफै सूचना जारी गर्ने, आफै हदम्याद नाघेको सूचना प्रकाशित गर्ने, विपक्षीले कर्जा रकम बुझाउन नसकी वित्तीय संस्थाले नै धितो सकार गर्ने निर्णय गर्ने र सोही निर्णयका आधारमा धितो सुरक्षणमा राखेको घरजग्गा सकार गरी वित्तीय संस्थाका नाममाा जग्गाधनी प्रमाणपूर्जा गर्ने÷गराउनेसम्मका प्रक्रिया पुरा गरिसकेपश्चात् प्रिमियर फाइनान्स नामको वित्तीय संस्थालाई हतार हतार सिटिजन बैंकमा निजहरुले नै मर्ज गराउँदा पनि मलाई थाहा जानकारी समेत नभएको भनी अदालत प्रवेश गरी दायर गर्नु र सोकै आधारमा प्रचलित कानून नियम तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको वर्खिलापमा गई न्यायिक विलचन हुने गरी फैसला भएबाट न्याय ठाडै मरेको अनुभूति भएको छ । त्यतिमात्र नभई म पिडितले पुनरावेदन गर्ने हदम्याद हुँदाहुँदै जिल्ला अदालतको फैसलाको भरमा उक्त मेरो नाममा रहेको घरजग्गा विपक्षीले सम्बन्धित मालपोत कार्यालयबाट सिधै आफ्नो नाममा रजिष्टेशन पास गराई सोको २४ घण्टाभित्रै अन्य वित्तीय संस्था सनराइज बैंक जाउलाखेल शाखामा रु १,४५,००,०००।– (अक्षरेपि एक करोड पैँचालिस लाख मात्र) मा धितो राखी ऋण लिएको र ऋण दिने वित्तीय सँस्थाले जग्गाको वस्तुस्थिति र सर्जिमिन समेत नगरी ऋण दिएको व्यहोरा समेत श्रीमान्समक्ष निवेदन गर्दछु । अदालतबाट नै मिसिलमा सामेल प्रमाणहरु नष्ट गराइनु, उक्त प्रमाणहरुको अभिलेख राख्ने वित्तीय संस्था हुँदाहुँदै सम्बन्धित संस्थाबाट थप प्रमाण झिकाउन आदेश गर्नुपर्ने न्यायिक दायित्व सम्बन्धित इजलाससँग सुरक्षित हुँदाहुँदै पनि नष्ट गरिएका प्रमाणकै आधारमा मिसिलमा प्रमाण उपलब्ध नभएको कारण देखाई विपक्षीकै पक्षमा फैसला हुँदा असह्य पीडा महसुस गरी न्यायको गुहार माग्दै न्याय परिषदमा निवेदन दिन जाँदा तत्कालीन कार्यरत कर्मचारीहरुबाट “हामीलाई जानकारी भयो हेरौँला” भनी दर्ता नं. समेत नदिई यसरी प्रताडनमाथि पीडा थपिइरहेको हुनाले भौँतारिँदै न्याय र सहाराको खोजीमा केही सञ्चारमाध्यमका वरीष्ठ सञ्चारकर्मीहरुसमक्ष पुगी हारगुहार गर्दा केही मेरा शुभचिन्तक बुद्धिजीवीहरुले सम्मानित न्यायालयमा विचाराधीन हुँदाहुँदै न्यायालयको मानहानी हुने र उक्त कार्य नगरी सम्मानित सर्वोच्च अदालत प्रति आशावादी रहन सुझाव दिनुभयो । यसैबीच सम्मानीय चोलेन्द्र सम्शेर जबरा प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्ष तथा माननीय कानूनमन्त्री भानुभक्त ढकालज्यूले पदभार ग्रहण गरेपछि केही आशाका किरणहरु जागे । प्रधानन्यायधीशको गरिमामय पदभार ग्रहण गरेपछि चाल्नुभएको केही उदाहरणीय कदमहरु जस्तै – अन्याय गर्ने, न्यायिक विचलन गरी फैसला गर्ने र दबाब र प्रभावमा परी न्यायिक सिद्धान्त र विधि शास्त्रको धज्जी उडाउने गरी अदालतको बदनाम हुने र गर्ने गरी फैसला गर्ने न्यायाधीश र अदालतलाई दूषित तुल्लाउने न्यायाधीश र कर्मचारी उपर कारवाही भइरहेको उदाहरण र प्रमाणले न्यायको दियो अब निब्ने छैन र न्यायालयमा भइरहेका विचलनविरुद्ध शून्य सहनशीलताका साथ न्यायालय सुधारमा चाल्नुभएका कदमहरुले केही विश्वास जागृत भएको छ र मेरो प्रस्तुत मुद्दामा निष्पक्ष रुपमा वास्तविक छानबीन गरी अनुचित ढंगबाट फैसला गर्ने न्यायाधीशहरु र अदालतलाई दबाब र प्रभावमा पारी पीडितलाई न्याय दिने न्यायिक संस्थालाई नै दुर्गन्धित गर्न दुस्साहस गर्ने प्रशान्तराज पाण्डे, सुदर्शन पाण्डे लगायत सम्पूर्ण षड्यन्त्रकारी, वित्तीय विचलन गर्न पल्केका राष्ट्रका विषालु जुकाहरुलाई कानूनी कठघरमा उभ्याई हदैसम्मको कारवाही गरी/गराई म पीडितलाई उचित न्याय प्रदान गर्न तपाईँको मिडियाले सशक्त भूमिका खेल्नेछ र सत्यतथ्यलाई जनता र सम्बन्धित निकायसमक्ष उजागर गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आशा राख्दै यसै पत्रकारसम्मेलन र यस प्रेस–विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु । साथै प्रशान्तराज पाण्डेका दाजु सुदर्शनराज पाण्डे पेशेवर ठग, दलाल र संगठित भूमाफियाहरुको नाइके रहेको र निजका यस्तै प्रकारका कैयौँ कालकर्तुतहरुका कारण मजस्ता हजारौँ निर्दोष नेपाली नागरिकहरु थातवास विहिन हुन पुगेका तथ्यहरु समेत जानकारी गराउन चाहन्छु । निजहरुले सरकारी, गुठीसंस्थान लगायतका व्यक्तिगत र सार्वजनिक सम्पत्तिहरु हडपी अकूत कालो धन कमाएको व्यहोरा सर्वविदितै होला । साथै निज सिटिजन्स बैंकका हाल पनि शेयर होल्डर रहेको, उक्त संस्थाका सि.ए.(C.A.) समेत रहेको जानकारी समेत गराउन चाहन्छु । मेरो उक्त मुद्दाको पेशी २०७६ श्रावण १४ गते रहेको व्यहोरा पनि अवगत गराउँदछु ।

निवेदिका
………………..
पद्मा संग्रौला
सम्पर्क नम्बर ः ९८४१४२५०८७

 

 

२०७६ साउन ९ गते प्रकाशित

वि.सं.२०७६ साउन ९ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...